
जापानको ओसाकामा बस्दै आएकी आरती खनालको खोजी कार्यमा सहयोग गर्न उनका परिवारले अपिल गरेसंगै खोजी कार्य तिब्र पारिएको छ।
सोही अनुसार जापानीज प्रहरी लगाएत जापानमा रहेको नेपाली राजदूताबास एवं नेपाली संघ संस्थाले आ-आफ्नो कृपाशिलता बढाएका छन्। जापनीज प्रहरीले हराई रहेकी आरतीको वायोडाटा, फोटो सहितको विवरण सार्वजनिक गरेको छ। केही हप्तादेखि हराईरहेकी नेपाली चेली जसको सम्पूर्ण बिबरण जापान प्रहरीले सार्वजनिक गरेको छ । सबैको फेसबुकको भित्ता – भित्तामा तथा सामाजिक सञ्जालमा पुर्याउ ,कसैले कतै देख्न सक्छन एनआरएनए आईसिसि सदस्य दिपक कार्कीले भने।

आरती खनाल विद्यार्थी भिषामा १० महिना अगाडी मात्रै जापान आएकी थिइन। उनी जापानको ओशाका सिटिको इकोनो कु कातासुया किता १- ३ – २ मा रहदैं आएको बताईएको छ। २३ वर्षीय आरतीको स्थायी घर चितवनको भरतपुर महानगरपालिका वर्डा नं १२ हो । उनका बुवा देवराज खनाल र आमा राधिका खनालले आफ्नी छोरीको बारेमा जानकारी हुना साथ खबर गर्न अनुरोध गरेका छन् । उनीहरुलाई नेपालमा ९८११२४१९१२ र ९८२५२६६४८९ मा सम्पर्क गर्न सकिने छ।
आरतीको खोजी कार्यमा एनआरएनए जापान जानकारी पाएदेखि कृयाशिल रहेको छ। सबैतिर सूचनाको आदान- प्रदान भई रहेकोछ एनआरएनए जापानकी संगीता अधिकारीले भनिन-यस अघि जाईरो कार्ड हराएर, जाईर्यो कार्ड बनाउन गएकी र त्यसपछि आरती हराएकी भन्ने सत्य नभएको बताइएको छ। आरतीले साईकल लिएर गएको दृश्य पनि सिसि क्यामेराबाट प्रहरीले पाएको र अनुसन्धान तिब्र पारिएको उपाध्यक्ष अधिकारीले बताईन।
पछिल्लो जानकारी अनुसार हराई रहेकी आरतीसंगै उनीहरुका साथीहरु मार्च १६ तारिक आफ्नो कोठामा नभएको र १७ तारिक सबै आफ्नो – आफ्नो कोठामा फर्किदा आरती पहिलानै कोठामा पुगिसकेकी र पछि आरतीले काम छ भन्दैं बिहानै कोठाबाट निस्किएकी आरतीको साथीहरुले बताएका छन ।
सबै कुरा त्यसै भन्न नमिल्ने हुदाँ सत्य तथ्य संगै छिट्टैं पत्रकार सम्मेलन गरि जानकारी दिने उनले बताइन। मार्च १६ तारिक ओसाकाको नाम्बाको पुलमुनि भएको सांगीतिक कार्यक्रममा राति करिव १० बजे आरती लगाएत नेपालीहरु सहभागी भएका र कोठामा जाने ट्रेन नभएको कारण सबै त्यतै बसेको खुल्न आएको अधिकारीले बताईन ।
आरती भेटिएकी, पुलिसमा भएकी भन्ने हल्ला मात्र हो, अहिलेसम्म आरती भेटिएकी छैनन् उनले भनिन । जापानमा रहेको नेपाली दूताबास लगाएत बिभिन्न नेपालीका संघ – संस्थाहरुसंग समन्वय गरेर खोजी कार्य भई रहेको छ। आरती पढ्ने कलेज, प्रहरी , आरतीका नजिकका साथीहरु सबैसंग दिनकै धेरै पटक सम्पर्क गरि खोजि गर्ने काम भई रहेको छ उनलेले बताईन ।
त्यस्तै चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठले पनि सबै तिर समन्नय गरि खोलतलास भई रहेको बताएका छन ।
यस्तो समस्या बिदेशमा जो कोहीलाई पनि आउन सक्छ , एकजुट भएर समस्याको समाधान गर्न पर्छ । त्यस्तै ओसाकामा रहेको चितवन समाज क्षेत्रीय समिति पनि खोजी कार्यमा कृयाशिल रहेको छ उनले भने-जापानमा नेपालीको संख्या बढेसँगै बिभिन्न दुर्घटना, आत्माहत्या, झैंझगडा एवं हराउने घटना बढेपछि नेपाली समुदायमा चिन्ता बढेको छ।
पहिल्लो तथ्याङ्ग अनुसार जापानमा नेपालीहरुको संख्या १ लाख ३० हजार नाघेको छ।



