
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जनतासंग पार्टी अभियान कार्यक्रमको गलकोटमा उद्घाटन गरिएको छ ।
कार्यक्रमलाई उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण के.सी.ले पार्टीको नीति र सिद्धान्तलाई आत्मसात गर्दै पार्टी सुदृढीकरण तर्फ लाग्नुपर्ने बताउनुभएको छ । उहाँले देशमा राजनीतिक परिवर्तनसगै सामाजिक परिवर्तनको आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य चन्द्र बहादुर बुढा मगर (सागर)ले जनयुद्धका उपलब्धीको रक्षा, समाजवादी प्रणालीको विकाससँगै अगाडि बढनुपर्ने बताउनु भयो , उक्त अवसरमा नेकपा माओवादी केन्द गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे (अनिल), वैकल्पिक केन्दी्रय सदस्य निल बहादुर पुन मगर, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक राजिव घिमीरे, नेकपा माओवादी केन्द्र गलकोट नगर ईन्चार्ज फमलाल निउरेले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।
। कार्यक्रममा गल्कोट नगरपालिकाका ११ वटा वडा समितिबाट रिपोर्टिङ तथा स्ववियु निर्वाचनका लागि छलफल गरिएको थियो । त्यस्तै जनतासंग पार्टी अभियान कार्यक्रमको सञ्चालनका लागी जिम्मेवारी बाँडफाँड समेत गरिएको थियो । उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टी एमालेका गण्डकी प्रदेश सदस्य बुल बहादुर के.सी., जिल्ला सदस्य टेक बहादुर थापा, नेपालीी काँग्रेस गलकोट नगरपालिका ६ का वडा सचिव गीरी गोतामे, कृष्ण बोहोरा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गर्नु भएको थियो ।
कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गलकोट नगर कमिटि अध्यक्ष चन्द्रदत्त रेग्मीको अध्यक्षता, उपाध्यक्ष कौशिला घर्तीको स्वागत र सचिव भिम बहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।



