जापानमा एभियन फ्लुको त्रासका बिच १ क़रोड ३० लाख बढी कुखुरा मारिएपछि अण्डाको मूल्य आकाशियो 

-


     जनहित न्युज    
     फागुन १९ गते २०७९


देशको सबैभन्दा खराब एभियन फ्लूको प्रकोपको बीचमा जापानमा अण्डा दिने कुखुराको १० प्रतिशत भन्दा बढी मार्न आवश्यक रहेको सरकारले भनेसँगै अण्डाको मूल्य देशभरि नै उकालो लागेको छ।
कृषि मन्त्रालयले मार्च २ अर्थात् बिहिबार देशभरका १५.०२ मिलियन चरा नष्ट गर्नुपर्ने जानकारी दिएको थियो । यस मध्य अधिकांश १३.८५ लाख कुखुरा नष्ट गर्नुपर्ने भएपछि अण्डाको मूल्यले नयाँ रेकर्ड कायम गर्ने भएको हो । फेब्रुअरी २०२२ सम्म जापानमा कुल कुखुराको संख्या १३७.२९ मिलियन रहेको थियो। सोही दिन अधिकारीहरूले पछिल्लो एभियन फ्लू प्रकोपका कारण फुकुओकाको कुखुरा फार्ममा २,४३,००० कुखुराहरू मारिएको थियो।
शरद ऋतु २०२२ देखि, २५ प्रिफेक्चरहरूमा प्रकोपहरू विस्तार भएको प्रतिवेदन सरकारी तहमा गरिएको थियो।
घट्दो आपूर्तिले अण्डाको मूल्य बढाइरहेको छ।फेब्रुअरीमा १० वटा अण्डाको डिब्बाको औसत मूल्य २६२ येन ($१.९२) मा बिक्री गरिरहेकोमा यस महिनादेखि नै कृषि मन्त्रालयले देशभर ४७० खुद्रा बिक्रेताहरूको सर्वेक्षणले देखाएको छ।
यो मुल्य अघिल्लो महिनाको तुलनामा ८ प्रतिशतले वृद्धि हो र हालका वर्षहरूमा फेब्रुअरीमा सामान्य मूल्यभन्दा २५ प्रतिशत बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?