
राष्ट्रपतिको निर्वाचनपछि जनजीविकाका सवाललाई ध्यानमा राखेर जनताले अनुभूत गर्नेगरि प्रभावकारी कार्य गर्ने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले बताएका छन ।
नेपाली जनप्रगतिशीलमञ्च जापानको वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता दीपशिखाले जनतासंग प्रत्यक्ष जोड़िएका सवाललाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताउदै भने- “यो सरकारले सहि रूपमा डेलिभरी दिन सकेन भने पार्टी र राष्ट्रलाई ठुलो जोखिम रहेकोले राष्ट्रपतिको निर्वाचन पश्चात् ठोस नीति तय गरि जनपक्षीय कार्यमा सक्रिय हुनेछ । “

अहिलेको संसद गठनको संरचना अनुरूप सरकार गठन हुनुपर्ने बाध्यतालाई ध्यानमा राखेर सरकारका कामकारवाहीबाट धेरै अपेक्षा नराख्न जनतालाई आग्रह गर्दै नेता दीपशिखाले भने “सरकारका कामकारवाहीलाई आवश्यक सहयोग गरिनुपर्छ । “ उनले कर्मचारीतन्त्रले सरकारलाई सहयोग नगर्दा सरकारबाट जनताले गरेको आशा पूरा हुन नसकेको आरोप समेत लगाए ।
“हाम्रो देशको सन्दर्भमा सहमति नैतिकता इमान्दारिता कति महत्व राख्छ भन्ने कुरालाई माओवादीले राम्रोसंग बुझेको छ”देशको पछिल्लो राजनैतिक समिकरण फेरबदलको सन्दर्भमा टिप्पणी गर्दै केन्द्रीय सदस्य दीपशिखाले भने -“ ‘जग्गेमा बसेर आँखा सन्काउने’ केपी शर्मा ओली प्रवृतिलाई बिगतका इतिहासलाई माओवादीले राम्रोसंग बुझेर सुझबुझका साथ कदम चालेको हो ।”

“एजेण्डाका हिसाबले माओवादी लोकतान्त्रिक शक्तिसंग नजिक रहेको एमाले एमाले राजावादी संग निकट रहेकोले पछिल्लो पछीलो राजनीतिक घटना क्रम अघि बढ़ेको हो।” उनले भने- राज्य शक्तिको सम्पूर्ण नेतृत्व एमालेले आफ्नो कब्जामा पारेर माओवादीलाई पाखा लगाउने सूचना पार्टीमा आएकोले समीकरण बदलिएको हो ।
माओवादी विचारधाराका शक्तिलाई एकीकृत गराउनका लागि आवश्यक वार्ता र छलफल भैरहेकों जानकारी दिदै उनले मिल्ने मिलने तयारमा छौ वार्ता सकारात्मक रूपमा अगाडि बढिरहेको छ । माओवादी पार्टीको समस्या खास कहाँ हो, यसको विषयमा ग्रेड डिवेट गरिनुपर्छ, पार्टी रूपान्तरणका लागि त्याग गर्न सबै तयार हुनुपर्नेमा उनको जोड थियो ।
मञ्चका अध्यक्ष भवानी पन्तले विश्वभरि रहेका नेपाली जनप्रगतिशील मञ्चहरू भन्दा जापानको समितिले पृथक र नयाशैलीले काम गर्ने गरेको बताउदै जापानमा मञ्चले प्रदान गरेको सुझाव स्वरूप नेपाली दूतावासका सेवालाई घुम्ती सेवा संचालन गरिनु सुखद रहेको बताए ।

कार्यक्रममा प्रवास समन्वय समितिका सदस्य डा भूपालमान श्रेष्ठले जापानमा रहेका नेपाली समुदायलाई सचेतना र सेवामूलक प्रदान हुने गरि मञ्चले आफ्ना क्रियाकलाप संचालन गर्न आग्रह गरे ।

प्रवास समन्वय समितिका अर्का सदस्य अरुणकुमार श्रेष्ठले देशको संवृद्धिका लागि गरिनुपर्ने काम जापानबाट सिक्नु सिक्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै मञ्चका इन्चार्ज रामहरि पुडासैनीले संगठनले जापानमा आफ्नो भूमिका देखाउने गरि गतिविधि गरिरहेकोमा खुशी व्यक्त गरे ।

भने पूर्व अध्यक्ष हवलचन्द्र लामाले जापानको संदर्भमा एनआरएनएप्रति संगठनको दृष्टिकोण स्पष्ट गरेर जान आग्रह गरे ।

मञ्चका सल्लाहकार सालिकराम भण्डारीले भावनात्मक रूपमा पार्टी संगठन घरपरिवारभन्दा पनि प्रिय लाग्न थालेको बताए ।

कार्यक्रममा अर्का सल्लाहकार तथा संचारकर्मी तिलक मल्लले जापानमा मञ्चको गतिविधिले अपनत्व बढाउदै गएकोले सामाजिक गतिविधिसंग सम्बन्धित कार्यक्रमलाई अझै बढ़ावा दिनुपर्ने बताए ।

लेखा अनुशासन तथा अनुगमन आयोगकी संयोजक कालिका थापाले मञ्च विधान नीति र विचारलाई संगै लिएर आफ्ना गतिविधिलाई संचालन गर्न आग्रह गरिन।

तोचिगीमा सम्पन्न भएको “प्रवासी नेपाली जन जनको आह्वान, प्रवासमा आर्जेको ज्ञान,सीप र पूँजीको उचित सम्मान” विषयक अन्तरक्रिया सहितको वार्षिक साधारण सभामा विधान मस्यौदासमितिको तर्फबाट खगराज गौतमले पेश गरेको संशोधित विधान, महासचिव बाबुराम पौडेलद्वारा पेश गरिएको सांगठनिक तथा प्रगति प्रतिवेदन, कोषाध्यक्ष भुवन हुमागाईद्वारा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन सर्व सहमतिले पारित भएको थियो ।
कार्यक्रममा क्षेत्रीय समितिले आफ्नो क्षेत्रका गतिविधिको रिपोर्ट प्रस्तुत गरिएको थियो ।
नेपालमा सम्पन्न स्थानीय तह, प्रादेशिक र संघीय संसदको निर्वाचनमा जनपक्षीय उम्मेदवारलाई निर्वाचित गराउन जनमत सृजना हुने गरि गीत संगीतको माध्यमबाट योगदान पुर्याएका दिलिप कंडेललाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।

कार्यक्रम मञ्चका अध्यक्ष पन्तको अध्यक्षता महासचिब पौडेलको संचालन र वरिष्ठ उपाध्यक्ष मोहन पौडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । कार्यक्रम गुन्मा तोचिगी क्षेत्रीय समितिको व्यवस्थापन र कोषाध्यक्ष हुमागाईको संयोजनमा भएको थियो ।




