आफ्ना नीति सचिवले मदिरा पिएर सवारी साधन चलाउदा पक्राउ परेपछि जापानका मन्त्रिपरिषद्का मुख्य सचिव मात्सुनोले राजिनामा दिने

-


     जनहित न्युज    
     माघ १४ गते २०७९


जापानका मन्त्रिपरिषद्का मुख्य सचिव मात्सुनोले आफ्नो नीति सचिवलाई मदिरा सेवन गरी सवारी चलाएको आशंकामा २७ गते राति प्रहरीले पक्राउ गरेको खुलासा गर्दै आफ्नो पदबाट राजीनामा दिने बताए ।
४९ वर्षीय नीति सचिवले रक्सी सेवन गरेर सवारी चलाएको र चेकजाँचका क्रममा ‘रातो टिकट’ भनिने ट्राफिक टिकट दिएपछि गत २७ गते राति पक्राउ गरिएपछि नैतिकताको आधारमा आफूले मन्त्रिपरिषद्का मुख्य सचिव पद बाट राजिनामा दिन लागेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन । जापानमा तोकिए भन्दा बढि मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएमा फौजदारी सजाय हुने कानूनी व्यवस्था रहेको छ ।
मुख्य सचिव मात्सुनोको गृहनगर चिबा प्रिफेक्चरको एक कार्यालयमा काम गर्ने उनका नीति सचिवले चिबा शहर कै मिदोरी वार्डको एक रेस्टुरेन्टमा करिब एक घण्टा मापदण्ड भन्दा बढी रक्सी पिएपछि बेलुका ७ बजे मदिरा पिएर सवारी साधन चलाएको पाइएको थियो ।
मात्सुनोले ३० गते प्रतिनिधि सभामा आफ्नो राजीनामा बुझाउने बताउदै भने “मैले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ, र मेरो व्यवस्थापन र सुपरिवेक्षण पर्याप्त थिएन। म इमान्दारीपूर्वक माफी चाहन्छु । मैले माफी मागेँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?