विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने विशेषाधिकार दिनका लागि परेको छु- पुष्पकमल दाहाल’प्रचण्ड’

- स्वर्गीय आवेको बारेमा बोलेको कुरा अफ़वाह फैलाइयो

-


     जनहित न्युज    
     श्रावण २१ गते २०७९


पूर्व प्रधानमन्त्री तथा सत्तारूढदलका नेता पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने विशेषाधिकार दिनका लागि आफू प्रयासरत रहेको बताएका छन ।
नेपाल फेष्टिवल फकुओका-२०२२ को उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले एनआरएनए नेपालीलाई आफ़नो मताधिकार सुनिश्चित गर्नका लागि नागरिकता दिने गरि विधेयक ल्याइएको र यसबाट नेपालको बिकास र आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
मंसिर ४ मा घोषित प्रदेश र संघको निर्वाचनबाट स्थिर र बलियो सरकार हुने र यसले देशमा विकास, सुसाशन र विदेशमा रहेका नेपालीको ज्ञान सिप र पूजी लगानीमा उपयुक्त वातावरण सृजना हुनेमा बिश्वास दिलाए ।
जापान र नेपालका बिचमा लामों मैत्रिपूर्ण सम्बन्ध रहेको र आफ़नो जापान भ्रमणले सो सम्बन्धलाई अझ प्रगाढ़ बनाउने बताऊदै नेपालको विकासमा आर्थिक लगानी बढ़ाउन आफूले लागिपर्ने बताए ।
स्वर्गीय आवेसँग भेट बारेमा अफ़वाह फैलाइयो
पूर्व प्रधानमन्त्री तथा सत्तारूढदलका नेता पुष्पकमल दाहालले आफू जापानको भ्रमण गर्ने तयारी गर्दै गर्दा जापानका स्वर्गीय पूर्व प्रधानमन्त्री सिनज़ो आवेसँग भेटका लागि पटक पटक कुरा भएपनि दुर्भाग्यवश उहाँको हत्याले आफूलाई मर्माहत बनाएको बताए ।
जापानको भ्रमणका क्रममा पूर्व प्रधानमन्त्री आवेलाई भेटेर नेपालको विकास र आर्थिक समृद्धिका लागि आवश्यक पहलका लागि भेट गर्न कूटनीति प्रयास भैरहेको सन्दर्भमा हत्या हुनुले आफू दुखित रहेको पनि बताए ।
पूर्व प्रधानमन्त्री आवेको हत्या हुनु दुखद रहेको बताए। प्रचण्डले आज बिहान नारिता अन्तराष्ट्रिय विमान स्थलमा दिएको छोटों प्रतिक्रियालाई केहि मिडियाले तोडमोड गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?