प्रचण्ड जापान आए लगत्तै नेपाल फेष्टिवल फकुओका-२०२२ को उद्घाटन गर्न प्रस्थान, के के छ त ५ दिने कार्यक्रम तालिकासहित

-


     जनहित न्युज    
     श्रावण २१ गते २०७९


पूर्व प्रधानमन्त्री तथा सत्तारूढदलका प्रमुख मध्य एक नेता पुष्पकमल दाहालको ५ दिने जापान भ्रमणको क्रममा आज जापान आएसंगै नेपाल फेष्टिवल फकुओका-२०२२ को उद्घाटन गर्नको लागि त्यस तर्फ प्रस्थान गरेका छन ।
नारिता अन्तराष्ट्रिय विमानस्थलमा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीसहित नेपाली जनप्रगतिशील मंच र नेपाली समुदायका व्यक्तित्वद्वारा स्वागतले स्वागत गरि पूर्व निर्धारित कार्यक्रम अनुसार सो फ़ेस्टिवलको उद्घाटन गर्न नारिता अन्तराष्ट्रिय विमानस्थलबाट सिधा त्यस तर्फ प्रस्थान गरेका हुन ।
नारिता अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित नेपालीसँग सामान्य अन्तरक्रिया गर्दै जापानमा नेपालीहरूको उपस्थिति र उनीहरूको अवस्थाका बारेमा जानकारी लिएका थिए ।
आफ़नो राजनीतिक जीवनकालमा पहिलो पटक जापान आएका पूर्व प्रधानमन्त्री प्रचण्डले जापानको विकाससहित यहाँको प्रविधिको बारेमा चासोका साथ जिज्ञासा राखेका थिए ।
५ दिने भ्रमणमा रहेका प्रचण्डको कार्यक्रम तालिका अनुसार फुकुओका नेपाल फेस्टिवलपछि बेलुका ओसाकामा नेपाली समुदायसंग भेटघाट, ७ तारिख हिरोसिमा भिजीटपछि बेलुका ६ बजे टोकियोको खामेईदो अन्तरकृया कार्यक्रम, ८ नेपाल एम्वेसीको सहकार्यमा जापानको विकसित नमूना,कृषि ,जापानको प्राशासनिक तौल तरिका सगै फोहर मैला व्यवस्थापन सम्वन्धि अवलोकन भ्रमण, ९ तारिख सरकारी स्तरमा राजनैतिक भेटघाट, ९ तारिख नै नेपाल एम्वेसीको स्वागत तथा विदाई रात्रीभोज जसमा जापानिजहरुको पनि उपस्थिती रहने हुनाले पर्यटन र लगानी प्रवर्द्धनमा पूर्व प्रधानमन्त्रीको हैसियतले आव्हान गर्ने कार्यक्रम रहेको छ । भने १० तारिख नेपाल फ़र्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?