पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ ५ दिने भ्रमणका लागि जापान आइपुगे

-


     जनहित न्युज    
     श्रावण २१ गते २०७९


पूर्व प्रधानमन्त्री तथा सत्तारूढदलका प्रमुख नेता मध्यका एक पुष्पकमल दाहाल’प्रचण्ड’ ५ दिने भ्रमणका लागि जापान आइपुगेका छन ।
साउन २१ देखि २५ गते अर्थात् अगस्ट ६ देखि १० तारिख सम्मको जापान भ्रमणका लागि पूर्व प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान जापानको नारिता अन्तराष्ट्रिय विमान स्थलमा भ्रमण दलका चार सदस्यीयसहित आइपुगेका हुन ।

नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा जापान आएका पूर्व प्रधानमन्त्री प्रचण्डसहितको भ्रमण टोलीलाई मंचका अध्यक्ष भवानी पन्त, जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुबेदीसहितका नेपालीहरूले विमानस्थलमा भव्य स्वागत गरेका थिए । विमानस्थलमा स्वागत गर्नेहरुमा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रोविन्द श्रेष्ठ, भूषण घिमिरे, , एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरे, मंचका पदाधिकारीहरू, मंचका केन्द्रीय समितिका सदस्य, विभिन्न नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सर्वसाधारण नेपालीहरू रहेका थिए ।
राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको आरए ४३३ नम्बरको जहाजबाट आइपुगेका प्रचण्डले जापानमा आयोजित विभिन्न कार्यक्रममा सहभागी बन्नेछन ।
हालसम्म सार्वजनिक भएका कार्यक्रम मध्य शनिबार नै जापानको फुकुओकामा आयोजित नेपाल फेष्टिवल फुकुओकाको समुदघाटन गर्ने छन ।
त्यसैगरि अगस्ट ६ मा हिरोसिमा घटना भएको ७५ बर्ष पूरा हुने ऐतिहासिक क्षेत्रमा आइतबार प्रचण्डले भ्रमण गर्नेछन । सोही दिन नै नेपाली जनप्रगतिशिल मन्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबिच “समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार ” विषयको खुला अन्तरकृया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन।
जापानमा रहदा प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसङग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे छ। आधुनिक कृषि प्रणालीको विकासको बारेमा समेत फिल्ड़मा नै पुगेर हेर्ने समेत कार्यक्रम रहेको बताईएको छ ।
प्रचण्डको जापान भ्रमणले नेपाल-जापान सम्बन्धलाई थप मजवुत बनाउन मद्दत गर्नेछ भने नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबिचमा विश्वास र सहकार्यमा बढोत्तरी हुनेमा प्रचण्डले विश्वाश लिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?