बिहिबार प्रकाशित हुने तयारीमा रहेको एसईईको नतिजा दिँदै नेपाल टेलिकम

- एसएमएस गरेर एसईईको नतिजा थाहा पाउन सकिने

-


     जनहित न्युज    
     श्रावण १० गते २०७९


२०७८ सालको एसईईको परीक्षाफल नेपाल टेलिकमको सेवा प्रयाेग गरी हेर्न सकिने भएकाे छ । विद्यार्थी तथा अभिभावकले टेलिकमको एसएमएस सेवा, फाेन तथा वेबसाइटबाट नतिजा थाहा पाउनसक्ने कम्पनीले जनाएकाे छ ।

यसअन्तर्गत टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमए नम्बरबाट १६०० डायल गरी प्राप्त निर्देशनको पालना गरेर नतिजा थाहा पाउन सकिन्छ ।

त्यस्तै मोबाइलको म्यासेज बक्समा गई अंग्रेजीमा SEE लेखेर एउटा स्पेस दिएर आफ्नो सिम्बाेल नम्बर टाइप गरी 1600 मा पठाएर आफ्नो नतिजा मोबाइलमा नै हेर्न सकिनेछ ।

साथै नेपाल टेलिकमको वेबसाइटमा गएर मार्कसिट सहितको नतिजा हेर्न सकिनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बुधबार वा बिहीबारसम्ममा एसईईको परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ ।

एसएमएस गरेर एसईईको नतिजा थाहा पाउन सकिने

एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले एसईईको नतिजा उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयसँग साझेदारी गर्दै स्प्यारोले हरेक वर्षझैं एसईई २०७८/७९ को नतिजा पनि एसएमएसबाटै हेर्ने सुविधा दिन लागेको हो ।

नतिजा थाहा पाउन मोबाइलको मेसेज बक्समा गई आफ्नो सिम्बोल नम्बर टाइप गरेर एउटा स्पेस दिई ३५००१ मा एसएमएस पठाउनुपर्ने हुन्छ ।

परीक्षा नियन्त्रण कार्यालयले बिहीबारसम्म नतिजा प्रकाशित गर्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?