
नयाँ दिल्ली – वरिष्ठ बलिउड अभिनेता दिलिप कुमार फेरी अस्पताल भर्ना भएका छन्। श्वास प्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लगिएको हो।
पछिल्लो एक महिनामा उनलाई दोस्रोपटक अस्पताल लगिएको हो। जुन ६ मा उनलाई भर्ना गरिएको थियो। फोक्सोमा देखिएको समस्या हल भएपछि उनी पाँच दिनमै डिस्चार्ज भएका थिए।
मुम्बईस्थित हिन्दुजा अस्पतालमा उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। ९८ वर्षीय दिलीप कुमारको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतको भनाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।