नेपाली सागीतिक क्षेत्रमा मोडलको रूपमा जम्दै तुलबिर थापा, “बर्खामास”मा दिए सशक्त प्रस्तुति

-


     जनहित न्युज    
     असार १५ गते २०७९


वर्षाको मौसम छ सबैतिर मानो रोपेर मुरी फलाउने चटारो छ। खोलानाला सुस्साएका छन् यसै बिचमा पछिल्लो समयको लोक संगीतको बजारमा “बर्खामास” ले छोटो समयमै आम दर्शक स्रोताको मन जित्न सफल भएको छ। शब्द लय संगीतको आफ़नो छुट्टै पहिचान त छदै छ यस एल्बमको भिडियोले अझ बढ़ी दर्शकको मन तान्न सफल रहेको छ ।
परदेशको भूमिमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा भिजुवल अर्थात् मोडलको रूपमा उदयमान कलाकारको रूपमा देखा परेका छन तुलबिर थापा समर्पण । नेपाली लोकसंगीतमा आफ़नो बेग्लै पहिचान बनाएका विष्णु खत्रीका सांगीतिक एल्बमहरूमा आफ़नो कलाकारितालाई सशक्त रूपमा प्रस्तुत हुने समर्पणद्वारा अभिनित “बर्खामास” ले बजारमा आएको केहि हप्तामा नै दर्शकको राम्रो माया पाउन सफल भएको छ ।
मानो खाएर मुरी ऊब्ज़ाउने सिजनको रूपमा लिइने बर्खामासमा किसानीहरूको अवस्थालाई सजीव रूपमा प्रस्तुत गरिएको विषयवस्तु समेटिएको सो एल्बमको भिडियोलाई मोडेलको रूपमा देखा परेका समर्पणको गृह नगर गलकोटको विभिन्न खेत बारीमा छायांकन गरिएको छ ।
तुलबिर थापासँग नायिकाको रूपमा साथ दिएकी पुजना घिमिरेसँगको अभिनयमा स्थानीय दिदीबहिनी दाज़ुभाइसँग खेत रोपाईको अवस्थामा गरिने रमाईलोलाई लोकलयमा प्रस्तुत गरिएको संगीतिक खुराकको लागि जीवन्त अभिनय गरिएकोले पनि “बर्खामास” ले दर्शकको बटुल्न सफल रहेको हो
यस अघि पनि तुलबिर पन्चेबाजाको एल्बम जाउला ढोरपाटन नामक एल्बममा आफ़नो दरिलो अभिनय गरिसकेका छन ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम, बिछोड र अपाच्य भाषाको प्रयोग गरेर गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसको हकमा भने यो गित निकै फरक छ वस्तुगत चित्रण गराउनुको साथै छमछमी नाच्न समेत मिल्ने गित रहेका कारण यस्ता गीतलाई दर्शक श्रोताले रोज़ाइमा पर्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?