कबड्डी-४ जापानमा २० शहरमा प्रदर्शन हुने, अधिकांश टिकट बिक्री

-


     जनहित न्युज    
     जेठ १५ गते २०७९


नेपालमा सर्वाधिक रुचाईएको कबड्डी-४ चलचित्र जापानमा २० शहरमा प्रदर्शन हुने फिक्स भएको छ । जापानको टोकियोमा अर्कों साता आइतबार शो हुने कबड्डी-४ को अधिकांश टिकट बिक्री भएको छ ।

चलचित्र प्रदर्शनको ७ दिन बाँकी रहँदा जुन ५ तारिख टोकियोमा प्रदर्शन हुन लागेको चलचित्रको ८० प्रतिशत टिकट विक्रि भइसकेको आईतवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
चलचित्रको टिकट खरिद गर्न चाहनेहरुको लागि सहज र धेरै बुकिङको फोन आएपछि आयोजकले सबैको सहजताका लागि अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था समेत मिलाएको छ ।
जापानको लागि कबड्डी ४ चलचित्र प्रदर्शनको अधिकार पाएका युवा व्यवसायी सुवास लामिछानेका अनुसार जापानभर प्रदर्शन हुन लागेको हो ।

नेपालमा एकै दिन ३ करोडको ब्यापार गरेको चलचित्र कबड्डी-४ ले जापानमा पनि रेकर्ड राख्ने लामिछानेले जानकारी दिए।

नेपालमा जेठ १३ गते प्रदर्शन भएको कबड्डी ४ दर्शकहरुले अत्यधिक रुचाएको चलचित्र बनेको थियो ।
जापानमा चलचित्र टोकियोको नाकानो जेरो हल सहित, ओकिनामा, कोबे, ओसाका, नागोया, शिजुओका, चिबा, फुकुओका लगायत २० शहरमा चलचित्र प्रदर्शन तय भएको छ ।
टिकट बुकिङ ८० प्रतिशत भईसकेको केहि टिकट मात्र बाँकी रहेकोले सबै बिक्री हुनसक्ने टिकट लिन चाहनुहुने व्यक्तिहरुलाई अनलाइनबाट टिकट बुकिङ समेत गर्न सकिने जनाएको छ ।
चलचित्र प्रदर्शनको लागि हल व्यवस्थापन र सुरक्षाको व्यवस्थापन कडा गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?