एनआरएनए जापनका क्षेत्रीय अधिवेशन सकिए, एनसिसिको लागि चटारो

-


     जनहित न्युज    
     असार १५ गते २०७८


जापान-गैर आवासीय नेपाली संघ जापानको क्षेत्रीय अधिवेशनहरु सकिएका छन् आगामी कार्यकाल २०२१–२०२३ का लागि राष्ट्रिय समन्वय समितिको अधिवेशन पूर्व गरिनु पर्ने सम्पूर्ण क्षेत्रका अधिवेशनहरु नागोयाको बाहेकमा सर्वसम्मत र विवादरहित रुपमा सकिएका छन् ।
गैर आवासीय नेपाली संघप्रति युवापिढीको उत्साहपूर्ण सक्रिय सहभागिता देखिएको छ । १२ वटा क्षेत्रमा प्राय युवाहरु नै नेतृत्वमा आएका छन् । तर नेतृत्वमा महिला भने शुन्य हुन पुगेको छ ।
जापानको राजधानी समेत रहेको कान्तोमा बागलुङ गलकोटका दिपेश केसीले बाजी मारेका छन् भने पुरानो राजधानी रहेको कान्साई क्षेत्रको नेतृत्वमा पनि बागलुङ गलकोटका दिलिप शर्मा आएका छन् । त्यसैगरि नागोयामा विवादका बिचमा गंगाबहादुर घर्तीमगर र मनोज बम मल्ल दुईजना संयोजक आएका छन् ।

क्युसुको संयोजकमा अजुर्न थापा, ओकिनावामा ज्ञानु भट्ट, सिजुआकामा रुपक बस्नेत संयोजकमा निर्वाचित हुदाँ सेन्दाई क्षेत्रमा हरि श्रेष्ठ संयोजक पदमा चयन भएका छन । निगाताको संयोजकमा बासुदेव घिमिरे, गुन्माकेनमा मगेन्द्र बस्नेत चिबामा मुक्तिराज रेग्मी तोचिगी क्षेत्रमा मन्दिप क्षेत्री र नागानोमा नन्दराज रेग्मी निर्वाचित भएका छन ।
एघार क्षेत्रमा निर्विबाद रुपमा सहमतिका आधारमा नेतृत्व चयन भै रहदाँ नायोयामा भने विधानमा संयोजक पदका लागि तोकिएको योग्यताका विषयमा विवाद भई सहमति हुन नसक्दा दुई संयोजक हुन पुगेका छन् ।

नागोयामा विवादका कारण दुईजना संयोजक चयन

करिब एक लाख नेपाली रहेको जापानमा एनआरएनएको चुनावी माहौल ह्वाक्तै तातेको छ । क्षेत्रीय अधिवेशनहरु सकिएका छन् भने राष्टिय अधिवेशनको चटारोमा लाग्नुपर्ने बेलामा अध्यक्ष देविलाल भण्डारीमाथि लागेको मृतकको बिमाबापत प्राप्त हुने रकम र पिडित पक्षबाट रकम असुलेको आरोपको किनारा नलाइदा केहि अन्यौलता देखिएपनि अन्तराष्टिय समन्वय परिषद्ले एसिया प्यासिफिकका संयोजक गाविन्द श्रेष्ठले यो विषयको समाधान छिटृटै निस्कने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार राष्ट्रिय समन्वय समिति जापानमा देखिएको विवादलाई मध्यनजर राखी अध्यक्ष भण्डारीलाई निष्क्रिय रहन निर्देशन गरिएको तो निर्वाचन तथा अनुगमन समिति गठन गरि सो समितिको समन्वयमा यहाँको कार्यसमितिले काम कारबाही गरेर अगाडी बढ्न लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?