
काठमाडौं । विश्वकै चर्चित उद्यमी एवं चिनियाँ ईकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन् ।
बंगलादेशको ढाकाबाट चार्टर जहाज लिएर मंगलबार दिउँसो साढे २ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका ज्याकसँग अन्य ६ जना पनि छन्।
विमानस्थलबाटै उनले १५ दिनको पर्यटक भिसा लिएका छन् । ज्याक मासँगै ६ जना पुरुष र एक महिला गरी सातजना आएका उनले बताए ।सम्बद्ध स्रोतका अनुसार ज्याक र उनको सात सदस्यीय टोली काठमाडौं रहँदा बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बस्ने छ।
‘ज्याक मा र उनको सात सदस्यीय टोलीका लागि होटल द्वारिकाजको सबैभन्दा महँगो कोठा रोयल स्विटमा बस्न चारदेखि पाँच दिनको बुकिङ गरिएको छ,’ स्रोतले भन्यो, ‘रोयल स्विटका एउटा कोठामा बस्न प्रतिरात ३ हजार अमेरिकी डलर पर्छ।’
स्रोतका अनुसार ज्याकको टोली काठमाडौंपछि चितवनको मेघौली घुम्न जाने कार्यक्रम छ। उनीहरू मेघौलीस्थित मेघौली सेराइ रिसोर्टमा बस्ने लगभग तय भएको छ।
मेघौली सेराइ रिसोर्ट सञ्चालक चौधरी ग्रुप (सिजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीका मित्रसमेत रहेका चिनियाँ अर्बपति ज्याकले मेघौली रिसोर्टमै बस्ने इच्छा गरेको स्रोतले बतायो।
मंगलबार काठमाडौं आएका ज्याक र उनको टोली अहिले नक्सालस्थित पाँचतारे होटल मेरिअटमा लन्च (दिउँसोको खाना) खाइरहेको छ। राति सुत्न भने उनीहरू द्वारिकाज जानेछन्।
तीन वर्षअघि एक सार्वजनिक कार्यक्रममा चीनको वित्त नियामकको आलोचना गरेपछि ज्याक माले सञ्चालन गरेका विभिन्न कम्पनीमाथि चीन सरकारले कडाई गरिरहेको छ। सरकाको वक्रदृष्टिमा परेपछि ज्याक जापान र थाइल्यान्डमा लामो समय बिताएर तीन महिनाअघि चीन फर्किएका थिए।
२० अर्ब ६० करोड डलर सम्पत्ति
नेपाल भ्रमणमा आएका चिनियाँ प्रविधि कम्पनीका मालिक ज्याक माको सम्पत्ति २० अर्ब ६० करोड डलर छ। उनी चीनका पाँचौं सर्वाधिक धनी व्यक्ति हुन्।
देशको इन्टरनेट टाइटन्समा लगाम लगाउन बेइजिङको व्यापक अभियानबीच २० वर्षअघि स्थापना गरेको इन्टरनेट साम्राज्यबाट फिर्ता लिने क्रम जारी छ।
चीनको पाँचौं धनी व्यक्ति ई–कमर्स बेहेमोथ अलिबाबाको नेतृत्वबाट राजीनामा गरेपछि तीन वर्षपछि फिनटेक विशाल एन्ट ग्रुप अलिबाबाको नेतृत्वमा छन्। उनी ५८ वर्षका भइसकेका छन्।
अंग्रेजी विषयका शिक्षक ज्याक माले १९९९ मा अलिबाबा स्थापना गरेका थिए। जुन कम्पनी अहिले विश्वको सबैभन्दा ठूलो ई–कमर्स व्यवसायमध्ये एक हो।
माले २०१९ मा अलिबाबाको कार्यकारी अध्यक्षको पदबाट राजीनामा दिए। विदेशमा लगभग एक वर्ष बिताएपछि मार्च २०२३ मा चीन फर्केका हुन्। चीन छाडेर उनी जापान, थाइल्यान्ड र युरोप यात्रामा निस्किएका थिए। (क्यापिटल नेपाल लगायत अन्य नेपाली सञ्चारमाध्यमको आधारमा तयार पारिएको सामग्री )



