नायक पल शाहलाई यौन दुर्व्यवहार र बलात्कार दुवै आरोपबाट सफाइ,भोलि जेलमुक्त हुने

-


     जनहित न्युज    
     फागुन १४ गते २०७९


पोखरा उच्च अदाललते नायक पल शाहलाई यौन दुर्व्यवहार र बलात्कार दुवै आरोपबाट सफाइ दिएको छ । बलात्कारको अभियोग दर्ता भए पनि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि जाहेरवालातर्फबाट सरकारी वकिल र पल शाह दुवै उच्च अदालत पोखरा पुगेका थिए ।

उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहविरुद्धको जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो । यो आदेशसँगै शाह थुनामुक्त हुने भएका छन् ।

नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले उच्च अदालतमा रिट दायर गरेका थिए । नवलपुर जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पोखराले शाहलाई सफाइ दिने फैसला सुनाएको छ । यसअघि माघ ३ गते तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई सफाइ दिएको थियो । 

फैसलामा बलात्कारको उजुरी परे पनि शाहले प्रहरी र अदालत दुवैमा आरोप अस्वीकार गरेको र जाहेरवालीले अदालतमा उजुरी झूटो भएको बकपत्र गरेकोलाई प्रमाणका रुपमा हेरिएको छ । यस्तै जाहेरवालाले घटनाको ५ महिनापछि शाहलाई गरेको म्यासेज, शाहको पोलिग्राफ परीक्षणलाई पनि प्रमाणका रुपमा हेरिएको छ ।

शाह र जाहेरवालीबीच भएको संवादको अडियो रेकर्ड भने शंकारहित प्रमाण र अन्य वस्तुनिस्ट प्रमाणबाट समर्थित हुन नसकेको पनि फैसलामा उल्लेख छ ।

नाबालिगकाले अडियो नक्कली भएको भन्दै त्यो रिहर्सलको भएको दाबी गरिन्। दुर्गेश थापाले बयान बदल्दै अदालतको बकपत्रमा त्यो पल र नाबालिकाविचको सम्बन्धबारे छलफल भएको नभई म्युजिक भिडियोको संवादको रिहर्सल भएको’ दाबी गरे। अडियोको संवादले त्यस्तो देखाएको थिएन। देखाउँदैन।

नवलपुरले पनि ‘उ प्रेगनेन्ट भएको भए’, ‘बच्चा भएको भए’, ‘ एकदम राम्रो सेफ तरिकाले यति अन्डरस्ट्याङडिङ हिसाबमा हुँदा पनि’ भन्ने अडियो पलकै भनेर स्वीकार गर्‍यो। तर दुर्गेश लगायतकाले गरेको दाबीजस्तो कुनै म्युजिक भिडियोको रिहर्सलको भएको स्वीकार गरेन।

अदालतले यसलाई अश्लील संवादको प्रमाण मान्दै पल र नाबालिकाविच प्रेमी-प्रेमिकाको सम्बन्ध रहेको स्विकार्‍दैं एसएमएस र म्यासेजलाई समेत आधार मानेर पलले नाबालिकामाथि यौन दुरुपयोग गरेको भन्दै कैद सजाय सुनाउँदा संवादमा भएका करणी पुष्टि हुने संवादहरूलाई आधार मान्न नसकिने फैसला गर्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?