टोकियोको गिन्जाको रोलेक्स स्टोरमा ३०८.६ मिलियन येन डकैती गर्ने किशोरलाई जेल सजाय

-


     जनहित न्युज    
     असाेज ८ गते २०८०


जापानको एक अदालतले टोकियोको पोश गिन्जा सपिङ डिस्ट्रिक्टमा रहेको रोलेक्स स्पेशलिटी स्टोर लुटपाटमा संलग्न भएको आरोपमा सोमबार एक १८ वर्षीय युवकलाई चार वर्ष छ महिनाको जेल सजाय सुनाएको छ ।
अनुहार छोपिने गरि केहि लगाएका शोमा तोरी र अन्य चार जनाले में ८ तारिख साँझ 6:20 बजे पसलमा तोडफोड गरि लगभग ३०८.६ मिलियन येन ($ 2.1 मिलियन) बराबरको ७४ प्रकारका वस्तुहरू चोरी अभियोजन पक्षले प्रतिवादीलाई सात वर्ष कैदको माग गरेमा अदालतले साढे चार वर्षको जेल सजाए सुनाएको हो ।
फैसला सुनाउँदै टोकियो जिल्ला अदालतका न्यायाधीश मादोका हिरुताले यो एक संगठित र पूर्वनियोजित अपराध भएको बताउदै अपराधीहरूले आफ्नो अनुहार छोप्ने र सामानहरू चोरी गर्न हिंसात्मक रूपमा तोडफोड गरेका थिए।

उनले स्टोरका कर्मचारीहरूलाई चक्कुले आक्रमण गर्ने धम्की दिएको र लुटपाटमा तोरीको नै मुख्य भूमिका रहेको देखिन आएको न्यायाधीशले फैसलामा उल्लेख गरेका छन ।

पक्राउ परेका पाँचमध्ये चारलाई अभियोग लगाइएको छ भने योकोहामा पारिवारिक अदालतले बाँकी एकलाई बाल सुधारगृहमा पठाउने निर्णय गरेको छ।

अभियोग लगाइएका चारमध्ये तीनजना १८ र १९ वर्षका छन्, तर सन् २०२२ मा जापानको जुभेनाइल कानूनमा संशोधनसँगै वयस्कताको कानुनी उमेर २० बाट १८ वर्षमा घटाएर मिडियालाई नाम सार्वजनिक गर्ने अनुमति दिएपछि उनीहरूको नाम सार्वजनिक गरिएको हो । जापानमा गम्भीर अपराध गरेको आरोपमा १८ र १९ वर्षका अपराधीहरूको अनुहार देखाउने गरिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?