कुरौटे समाज

-


     घनश्याम गौतम    
     भाद्र ८ गते २०८०


आफ्नै समाजलाई अलि कुरौटे समाजभन्दा अलि तितो लाग्न सक्छ । तर वास्तविक यहि हो । स्वीकार्नुको म संग पनि बिकल्प छैन् जसरी मृत्यु सर्व स्वीकार्य छ । त्यस्तै सर्व स्वीकार्य बन्दै गरिहेको छ नेपाली समाजमा कुरौटे प्रवृत्ति ।
हावी पनि किन नहोस् सुन्ने कान भन्दा बढि बोल्ने एक मुख चलाउन कै लागि चोक चोक र गल्ली गल्ली देखि समाजिक सञ्जालमा रोजगारी मिलेपछि ।
कसैले केहि राम्रो गर्न खोजो समाजका कुरौटे कुरा काट्दै हिँड्छन् । कसैले केही राम्रो गर्न खोजो समाजका कुरौटे भड्काउँदै हिँड्छन् । कसैले राम्रो कर्म गरेपनि वा नराम्रो नै गरेपनि उनीहरूको राज समाजका कुरौटे आफ्नै सम्पति झै कुरा काट्दै हिँड्छन् ।मेरा सलबलिएका हात हरुले लेखेका रचना मेरा समाजलाई नराम्रो लाग्दा वास्ता गर्न छोडेका छन् । कलह , अशान्ति, द्वन्द रोक्नु पर्ने ठाउँमा
मेरा समाज त्यसको फोटो, भिडियो खिच्दै बस्ने प्रवृति व्याप्त छ ।
मानिसहरु यति फुर्सदिला भए की मानौं गाँउमा सहरमा कतैपनि उनीहरू फिट हुने ठाँउ छैन् । उनीहरुको स्तर मापन गर्न अर्कै कुरौटे प्रबृतिको मानिस खोज्नुपर्ने अवस्था छ । त्यसैले यो प्रथाबाट जोगाउने प्रयास न राज्यको स्वयम व्यक्तिको नै छ । जसले हाम्रो समाजलाई अर्कों सिराबाट अगाडि बढाएको छ । जसका कारक दुर्घटना घटना हत्या वा आत्महत्या हुन भन्दा सायदै फरक पर्दैन ।
समाजलाई सभ्य बनाउने, आफ्नै ठाँउमा कमाउदै रमाउने लक्ष्य राखेर उद्यम ब्यवसाय सुरु गरेकाहरुलाई हत्तोसहित बनाउने बाहेक केही नयाँ गरेको देखिदैन् । सामान्यतया सरकार सरकार बिचको बेमेलका कारण साना ब्यापारीहरुले ब्यवसाय बन्द गर्ने अवस्थामा छन् । कारण कर्मचारीको मनपरितन्त्र ।
स्थानीय बजार तथा ब्यवसायलाई प्रवर्द्धन गदैं गुणस्तरीय बनाउने र करको दायरामा ल्याउने गर्न भन्दा स्थानीय व्यवसाय गरेका ब्यापारीबाट कमिशन माग्ने नदिएर आफ्नो पकेटको क्षेत्रका मानिसबाट काम गर्ने तर कर स्थानीयबाट असुल्ने प्रबृतिबाट आजित व्यक्तिले उद्यम बन्द नगरे के गरोस् । हुन त आफ्नो लागि मात्रै दुनो सोझाउने नत्र कुरा काट्ने परम्पराबाट जकडिएको समाजबाट नेतृत्वमा आएका मानिसहरुको ध्यान कुरा बाहेक काममा पुग्न सकेको छैन् ।
राज्यले उद्यमको श्रृजना, विकास र व्यावहारिकतालाई प्रोत्साहन, राम्रोलाई पुरस्कृत र नराम्रोलाई सुझाब सल्लाह सहित सुधारको बाटोमा ल्याउने, समाजमा रहेका फुर्सदिला मानिसलाई श्रम र रोजगारीमा जोड्ने नीति बनाउनु आवश्यक छ । हुन त केन्द्रले अधिकार सम्पन्न प्रदेश र स्थानीय तह बनाउन नसक्ने प्रदेश र स्थानीय तहले अधिकार नदिने केन्द्रका कारण कार्य सम्पादनमा समस्या भएको भनेर कुरा काटेरै बस्ने परिपाटिमा खासै नागरिक मैत्री वातावरण बन्ला भन्न सकिदैन् । राज्य निरिह बनेको उदाहरणले समाजमा कुरा काट्ने चलन व्याप्त बनेको हो । राज्य सबल बनाउने प्रयत्नमा राज्य संचालकले बेलैमा होस् पुर्‍याउनु पर्छ । नीति निर्माणको तहमा रहेका नागरिकले एकपटक सोच्नुपर्ने समय हो । नीति बनाउदाका बहस भन्दा नीति बनाउने नेतृत्वको क्षमता अव्वल हुन पर्छ । समाज र भुईमान्छे अव तपाई भन्दा स्मार्ट भएका छन् । होईन भने नीति बनाउने तहबाट बाहिर निस्केर चिया पसलमा वा चोक मा उभिएर सक्नुहुन्छ भने १ मिनेट मात्रै मौन बसेर सुन्नुहोस् तपाईबारे कस्तो प्रतिक्रिया आएको छ ?
हामी हाम्रो काम भन्दा बढि समाजमा हुने चिन्ता तर्क कुर्तकबाट बढि भयावित र प्रभाबित छौं । हिजो आज कुरा काट्नकै लागि पसलहरुमा समेत कोटेशन वा बिज्ञापन गर्नुपर्ने अवस्था आएको छ । तातो चिया, तिमी र म । चिया, कफि र कुरा । चर्चाको जक्सन, आदि उदाहरण मात्रै हुन् । समाज हामीले बनाउने हो । त्यसैले त्यति फुर्सदिला नबनौ जसको कर्म कुरा काट्ने नबनोस् ।समयसंगैं फुर्सदलाई उद्यममा रुपान्तरण गर्ने सोचको बिकास र उद्यममैत्री वातारणको लागि सरकारको नीति बनोस् । केही कमाएकाहरुसंग आहा कस्तो राम्रो घर र मेहेनत गर्दागदै केही कमाउन उद्धत मानिसहरुलाई हुतिहारा बनाउने समाज र तर्कबाट माथि उठौं । समाजको डरबाट कसैले पनि आत्महत्या, हत्या, चोरी, जस्ता अप्रिय घटना घटाउन बाध्य नबनाऔं । सभ्यताको बिकासले समाज बदलौं । कुरा काट्न छोडौं । कर्म गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?