गजल

-


     बेलुकाजी थापा    
     जेठ ८ गते २०७८


तथानामीको फेरो समाएर सलामी शुरु भो

त्याग अचानो भो,आस्थाको लिलामी शुरु भो

आकाश खुलेर निस्तब्ध मनहरु नखुले पछि,

अध्यारा मनहरुका बस्तिहरुमा सुनामी शुरु भो ।

आफु र आफन्त मात्र हेर्ने लतका रोगीहरु हो,

तिम्रै कारण सारा सहिदको बदनामी शुरु भो

शासनहरुका बिकल्प त हुन सक्लान महासय,

बुझ तिम्रै कारण व्यवस्थाको मलामी शुरु भो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?