
नेपालमा रहदा कराते खेलप्रति महत्वपूर्ण योगदान प्रदान गरि हाल बिश्वका विभिन्न देशहरूमा आफ्नो पेशा व्यावसाय अध्ययन तथा रोज़गारीका शिलाशिलामा ल विश्वका विभिन्न भूगोलमा छरिएर रहेका करातेका वरिष्ठ खेलाडी, प्रशिक्षक निर्णायकहरुको संस्था ग्लोबल नेप्लिज कराते अर्गनाइजेशनको प्रथम वार्षिक साधारणसभा भर्चुवल रूपमा सम्पन्न भएको छ ।
नेपालका पिछडिएका क्षेत्र र अवसरबाट बन्चित रहेका हिमालदेखि तराइसम्मका खेलाडीहरुको उत्थान प्रवर्द्धन गर्ने उदेश्य सहित गठन सो संस्थाको प्रथम बार्षिक साधारणसभाको उद्गघाटन गर्दै प्रमुख अतिथि तथा संगठनका प्रमुख सल्लाहकार नेपालमा कराते खेललाई महत्वपूर्ण योगदान गरेका थानेश्वर राईले नेपालमा कराते खेलको विकास र अवसरबाट वंचितहरूलाई अवसर प्रदान गर्न यो संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्ययोजना ल्याउन र कार्यान्वयन गर्न आग्रह गरे ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने विभिन्न महानुभावहरू खेलका कारण देशको नाम विश्वमा परिचित गराउन सफल रहेको, राष्ट्रीयता र अनुशासनको भावना विकास गराउन सकिएको सन्दर्भलाई ध्यानमा राखेर खेलकुदको विकासमा सरकारले विशेष ध्यान दिन आग्रह गरे । साथै वक्ताहरूले कराते लगायतका खेलबाट शारीरिक तन्दुरुस्तता आइ स्वस्थ्य जीवन जिउनका लागि पनि सहयोग योगदान दिने भएकोले खेलकुदको बिकास र सामवर्धनमा जोड दिनुपर्ने बताए ।
वक्ताहरूले हिजो नेपालमा रहदा कराते खेलप्रति गरेको समर्पणलाई विदेशी भूमिमा कार्यरत रहेको अवस्थामा पनि अवसरबाट वंचित खेलाडीको लागि आवश्यक सहयोग गर्न संस्थाले योगदान गर्नुपर्नेमा जोड दिएका थिए । एकता नै संगठनको शक्ति भएकोले सधै एकताबद्द भएर अगाढी बढे संगठनको उदेश्य प्राप्त गर्न सकिने साथै संस्थालाइ आर्थिक भौतिक रुपमा बलियो बनाउन नेपालमा सचिवालय र विभिन्न राज्यहरुमा च्याप्टर खोल्नुपर्ने सुझाव वक्ताहरूले दिएका थिए ।
वार्षिक साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा विश्व नेवा संगठनका उपाध्यक्ष विमलमान श्रेष्ठ, क्यानाडाका सी पी ए तथा संगठनका मानार्थ सदस्य प्रकाश बहादुर सिंह, थानेश्वर राई , हेमबहादुर पुन, आनन्दु थिङ्ग करातेका बरिष्ठ गुरु श्री सुरेश बैद्य लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
देउराली क्लबका संस्थापक बरिष्ठ प्रशिक्षक सुधिर नाथ नेवाले वेबसाइट सम्बन्धित प्राबिधिक पक्षका बारेमा जानकारी गराएका थिए भने सी पी ए प्रकाश बहादुर सिंहले संस्थाको दर्ता प्रक्रिया लगाएत हाल सम्मको आर्थिक पक्षको बारेमा बताएका थिए । संगठनका कोषाधक्ष पूर्व अन्तराष्ट्रिय खेलाडी श्री सुनिता महर्जन श्रेष्ठले गत वर्षको आय तथा व्यय बिवरण प्रस्तुत गरेकी थिइन । पूर्व अन्तराष्ट्रिय खेलाडी एबम संगठनका उपाध्यक्ष रामेश्वर श्रेष्ठ र महासचिब बरिष्ठ रेफ्री प्रशिक्षक सरोज भट्टराईले संगठनको प्रगतिका विवरण प्रस्तुत गरेका थिए ।
नेपालका पुर्व अन्तराष्ट्रिय खेलाडी एबम संगठनका अध्यक्ष श्री सुरेन्द्र लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाको संचालन सचिब श्री मुकेश बरुवाल र स्वागत मन्तव्य संगठनका संस्थापक एबम पुर्व अन्तराष्ट्रिय वरिष्ठ खेलाडी राजपाल कर्माचार्यले गरेका थिए ।



