जापानी साइकल यात्रीहरूले गैर-मानक विद्युतीय साइकल नचलाउन प्रहरीको चेतावनी

-


     जनहित न्युज    
     वैशाख ७ गते २०८०


जापानी उपभोक्ता मामिला अधिकारीहरूले साइकल चालकहरूलाई देशको सुरक्षा नियमहरूसँग मेल नखाने दुई मोडेलको विद्युतीय सहायतायुक्त साइकल चलाउनबाट टाढा रहन आग्रह गरिरहेका छन्।
गत महिना राष्ट्रिय प्रहरी एजेन्सीले उपभोक्ता मामिला एजेन्सीलाई १० मोडेलको विद्युतीय साइकलहरूको बारेमा सचेत गराएको थियो जुन गैर-मानक रहेको विश्वास गरिएको छ ।
राष्ट्रिय उपभोक्ता मामिला केन्द्रले तीमध्ये दुईको परीक्षण गर्‍यो र उनीहरूले जापानको सडक यातायात ऐनले तोकेको विद्युतीय र मानव शक्तिबीचको अनुपातभन्दा बढी भएको पत्ता लगाएपछि साइकल चलाउनबाट टाढा रहन आग्रह गरेका हुन ।
साइकलको गति १० किलोमिटर प्रतिघण्टाभन्दा कम हुँदा विद्युतीय सहयोग मानव शक्तिको दोब्बरभन्दा बढी हुनु हुँदैन भन्ने मान्यताका आधारमा सो कदम चालिएको बताईएको छ ।

उपभोक्ता मामिला एजेन्सी र उपभोक्ता मामिला केन्द्रले दुई मोडेलहरू सिल्फाइड 700C र ग्रान ब्याटेमेन्ट रहेको बताउदै बुधबार तिनीहरूको वेबसाइटमा सो को जानकारी खुलासा गरिएको हो ।
अत्याधिक गति र अकस्मात् चलाउने साइकलले दुर्घटना निम्त्याउन सक्ने अधिकारीहरू बताउँछन्।उनीहरूले मापदण्डविहीन साइकल चलाउने साइकल चालकले ट्राफिक टिकट पाउन सक्ने चेतावनी पनि दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?