करलिम कल्याण कोषको वेवसाईट शुभारम्भ

-


     जनहित न्युज    
     असार ४ गते २०८०


अध्ययन, व्यवसाय, काम वा अन्य विभिन्न कारणबाट परदेशिएका वाग्लुङ्ग बिहुँ करलिमका युवाहरूले स्थापना गरिएको करलिम कल्याण कोषको वेवसाईटको शनिवार औपचारिक उद्घाटन गरिएको छ ।
परदेशमा रहेरपनि आफ्नो जन्म ठाऊँ अनि गाऊँलाई विभिन्न किसिमले सेवा अनि टेवा पुऱ्याउन साकिन्छ भन्ने उद्देश्यका साथ विभिन्न देशमा रहेका वाग्लुङ्ग बिहुँ करलिमका युवाहरुले २०७८ सालमा करलिम कल्याण कोषको स्थापना गरेका थिए ।
कोषले गरेका विभिन्न गतिविधि अनि सेवा र सहयोगलाई सबैका माझ सहज पहुँच उपलब्ध गराउने उद्देश्यका साथ करलिम कल्यान कोष डट कमको शुभारम्भ गरिएको कोषले जनाएको छ । सो वेवसाईटको भर्चुएल र भौतिक रुपमा संस्थाका ३ जना संरक्षकहरू जापानका दीपक सुवेदी र डण्डपाणी कँडेल (डिपी) अनि यूके लण्डनबाट भर्चुअल रुपमा डा.नारायण कँडेलले समुदघाटन गरेका थिए ।
करलिम कल्याण कोषले अभिभावकविहीन, असहाय, जेहेन्दार विधार्थीहरूलाई आवाशीय सुविधासहितको सेवा प्रदान गर्दै आएको जानकारी दिदैं सो कोषका संस्थापक लक्ष्मणदत्त सुवेदीले हालसम्म ४७ जना विधार्थी कोषको सहयोगबाट लाभान्वित भएको बताए । उनका अनुसार, अब कोषका गतिविधिलाई नियमितरूपमा समावेश गर्दै जाने योजना बनाईएको छ भने विश्वभरबाट https://karlimkalyankosh.com मार्फ़त त्यसको जानकारी लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?