दिपक अधिकारीको अध्यक्षमा १९ सदस्यीय गल्कोट सोसाइटी अष्ट्रेलियाको नया कार्यसमिति चयन

-


     जनहित न्युज    
     वैशाख ६ गते २०८०


गल्कोट सोसाइटी अष्ट्रेलियाको आईतबार सम्पन्न भेला तथा बारबिक्यूले आगामी कार्यकाल २०२३ -२०२५ को लागि दिपक अधिकारीको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।
Tempe पार्कमा सम्पन्न नेपाली नयाँ बर्ष शुभकामना आदान प्रदानसहित भएको कार्यक्रमबाट सोसाइटीको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण कुँवर, उपाध्यक्षमा मनोज अधिकारी महासचिबमा जंग कुँवर, सचिबमा दिपक गौतम पब्लिक रिलेशन अफिसरमा याम खत्री, कोषाध्यक्षमा याम कुँवर सह कोषाध्यक्षमा अजित थापा, स्पोर्ट्स कॉर्डिनेटरमा गोर्ख खत्री, आईटी कॉर्डिनेटरमा महेन्द्र कार्की र कल्चर कॉर्डिनेटरमा अन्जेला सुनार आर पुनम खत्रीलाई चयन गरिएको वरिष्ठ उपाध्यक्ष कुँवरले जानकारी दिए ।
नव गठित कार्यसमितिको सदस्यहरूमा सदस्यहरु अर्जुन अधिकारी, बिदुर शर्मा, योगेन्द्र थापा, पुजा खनाल, नेत्र खत्री, बिशाल कार्की, अजय मगर र सौगात सौगात रहेका छन ।
सोसाइटीको सल्लाहकारहरु दुर्गा कुँवर, कृष्ण सुनार, निरज भण्डारी, ललित साहानी, थम्मन कुँवर र श्याम मल्ललाई चयन गरिएको छ ।
निबर्तमान अध्यक्ष कृष्ण सुनारको अध्यक्षतामा भएको सो कार्यक्रमले उपस्थित हुनु हुने सम्पूर्ण अष्ट्रेलियाबासी गल्कोटे हरुलाई धन्यवाद ब्यक्त समेत गरेको छ । साथै नया कार्य समितिको पहिलो बैठकले केहि सदस्यहरु थप गर्ने बताइएको छ ।

सन् २०१५ मा अष्ट्रेलियामा स्थापित यस संस्थाले बागलुङको गल्कोट क्षेत्रमा विविध क्षेत्रमा सहयोग गर्दै आएको छ। अष्ट्रेलियामा हुने विभिन्न च्यारिटी मार्फत फन्ड रेइजिङ गरेर  विनासकारी भुकम्पका बेला गल्कोट समाज जापानसँग मिलेर देशभरका विभिन्न जिल्लामा राहत वितरण गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?