गलकोटको सुनगाभा रेष्टुरेण्टमा आगलागि

-


     जनहित न्युज    
     जेठ ३ गते २०७९


बागलुङ जिल्लाको गलकोट नगरपलिका वडा नम्वर ३ हटिया गयराती सुनगाभा रेष्टुरेण्टमा आगलागि भएको छ ।
हटिया बजार जिपपार्क नजिक रहेको गलकोट नगरपालिका ६ ठुलाथरका चन्द्र बहादुर घर्तिले संचालन गदैं आएको सुनगाभा किचन एण्ड झोल मम रेष्टुरेण्टमा गएराती करिब १ बजेको समयमा आगोलागी भएको हो ।
हटिया प्रहरी चौकीको गस्ती टोलीले गस्ती गर्ने क्रममा आगोलागि भएको थाहा पाएपछि नेपाल प्रहरी तथा सशस्त्र सहित स्थानीय सहभागितामा करिव १ घण्टा पछि आगो नियन्त्रणमा ल्याएकोे प्रहरी चौकी हटियाले जनाएको छ ।
दुर्गा प्रसाद श्रेष्ठको घरमा लागेको आगो नियन्त्रणको क्रममा प्रहरी चौकी हटियाका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक बिष्णु प्रसाद शर्माको वाँया हातमा चोट लागेको छ । आगो के कारणले लागेको हो भन्ने खुल्न सकेको छैन् ।
आगोलागिका कारण करिब ७ लाख बढिको क्षति भएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?