मञ्जुलको कामी, मन्जुको साकुराको देशबाट र पारखीको मनको मन्दिर कर्मभूमि नया वर्षसंगै विमोचन हुने

- अनेसास जापानले नयाँ वर्षमा विशेष कार्यक्रम गर्दै

-


     जनहित न्युज    
     पौष १ गते २०७९


नयाँ वर्ष २०२३ को अवसर पारेर अनेसास जापानले एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

जनवरी ३ तारिक टोकियोको सिनओकुबोमा शुभारम्भ साहित्य कार्यक्रम सम्पन्न गर्न अनेसास जापान आवश्यक तायरी थालेको छ।

सो कार्यक्रममा जापानलाई कर्मथलो बनाएर साहित्य सिर्जना गरिरहेका मञ्जुल मितेरीको कविता संग्रह ‘कामी’, के बी पारखीको मुक्तक संग्रह ‘मनको मन्दिर’ र मञ्जु गिरीको कविता संग्रह ‘साकुराको देशबाट’ को कर्मभूमि विमोचन समेत गरिने भएको हो । कार्यक्रममा जापानमा बसेर मुक्तक सिर्जना गरिरहेका मुक्तककारहरूको विशेष मुक्तक वाचन ‘मुक्तक मञ्जरी ‘ समेत आकर्षणको रूपमा रहने अनेसास जापानका अध्यक्ष रबिन शर्माले जानकारी दिए।

नयाँ वर्षको शुभकामना आदान-प्रदान सहित साहित्यिक व्यक्तित्वहरूबाट खुला रचना वाचन पनि गरिने बताईएको छ । पछिल्ला समयमा फरक एवम् नयाँ तरिकाले कार्यक्रम गर्दै आइरहेको अनेसास जापानले यस कार्यक्रमलाई पनि विशेष बनाउने गरि तयारी थालिएकोले जापानमा रहने सम्पूर्ण संघ संस्था तथा साहित्य प्रेमी नेपालीहरूमा सहभागिताको लागि अनेसास जापानका अध्यक्ष शर्माले सबैमा आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?