जापानमा नेपाली समुदायलाई लक्षित गरि पेन्सन सम्बन्धी अन्तरक्रिया गरिने

-


     जनहित न्युज    
     फागुन ३० गते २०७९


जापानमा रहेका नेपाली समुदायलाई लक्षित गरी पेन्सन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हुने भएको छ।
नेपाली राजदुतावास टोकियो एनआरएनए जापान तथा कानागावा ईन्टरनेश्नल फाउण्डेसनद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा,स्याईकाई होकेन किन गर्ने ? जापानमा भिषा तथा एईजिउ लिनका लागि कति समय पेन्सन तिर्नुपर्छ ? या पेन्सन नतिरे के हुन्छ ? जापानमा बसुन्जेल तिरेको पेन्सन नेपाल फर्किएपछि पाईन्छ या पाईँदैन ? लगायतका विविध विषयहरुमा छलफल हुनेछ।
कार्यक्रमका संयोजक तथा एनआरएनए जापानका प्रवक्ता सुभास लामिछानेका अनुसार उक्त कार्यक्रममा नेपाली भाषामै प्रश्न उत्तर गर्न सकिने बताए । भिषा तथा सामाजिक बिमाका जानकार साईतो कुमिले सम्बन्धित विषयहरुमा जानकारी दिनेछन् भने ति जानकारीहरुलाई अनुवादक मार्फत नेपालीमा अनुवाद गरिनेछ । त्यसैले भाषा कम जान्ने तथा नजान्नेहरुले पनि कार्यक्रममा सहभागी भई लाभ लिन सक्नेछन् ।
निःशुल्क सहभागी हुन सकिने यस कार्यक्रम मार्च २६ तारिख आईतबार दिउँसो १ बजेबाट ४ बजेसम्म,टिकेपी सिमबासी सिओदोमे बिजनेस सेनेटरमा आयोजना हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?