प्रचण्डद्वारा जापानको सूचना प्रविधिका बारे अवलोकन

-


     जनहित न्युज    
     श्रावण २४ गते २०७९


पाँच दिने जापान भ्रमणको सिलसिलामा रहेका अध्यक्ष प्रचण्डले टोकियोस्थित National Institute of Information and Communications Technology (NICT) मा सूचना प्रविधिका बारे अवलोकन गरेका छन ।

बिहान भएको उक्त भ्रमणमा उनले सूचना प्रविधिका क्षेत्रमा पछिल्लो समयमा यसमा भएको विकासका नमूनाहरूको अवलोकन र परीक्षणमा सहभागी हुनुभयाे ।

अवलोकनको क्रममज़ाक़ नयाँ इन्टरनेट प्रविधिः स्थानीय डाटालाई स्थानीयस्तरमा नै भण्डार र वितरण गर्ने Information-centric networking नामको नयाँ इन्टरनेट आर्किटेक्चर प्रविधि, जापान स्टाण्डर्ड टाइम उत्पादन तथा वितरण प्रणालीः करोडौँ वर्षमा एक सेकेण्डको पनि समय फरक नपर्ने Atomic clock system जसको प्रयोगबाट NICT ले Japan Standard Time (JST) उत्पादन तथा वितरण गर्ने पद्धतिको बारेमा जानकारी लिएका छन ।

VoiceTra System एक भाषाको बोलीलाई अर्को भाषामा रियलटाइम रूपान्तरण गर्ने प्रणाली (जसलाई Tokyo Olympic 2020 मा आधिकारिक रूपमा प्रयोग गरिएको थियो): NICT का कर्मचारीले अध्यक्ष कमरेडलाई जापानी भाषामा ‘जापानमा अहिले ओबोन पर्व मनाउने छुट्टीको समय हो। हजुरहरूको देशमा पनि यस्ता चाडपर्व छन्?’ भनि सोधे र अध्यक्षले नेपालीमा ‘छन्, हाम्रो देशमा पनि दशैं, तिहार आदि चाडपर्व हुन्छन्’ भनि दिनु भएको प्रत्युत्तर जापानीले जापानी भाषामा नै सुनेका थिए ।

Cybersecurity system: संसार भरबाट जापानमा साइबर आक्रमण कुन गतिमा भइरहेको भन्ने प्रत्यक्ष जानकारी गराउने प्रणाली, सुगन्ध प्रसारण प्रणालीः सूचनासञ्चारका माध्यमबाट चित्र, भिडियो र आवाज मात्र होइन सुगन्ध पनि एक ठाउँबाट अर्को ठाउँमा प्रसारण गर्न सकिने प्रविधिको प्रारम्भिक अनुसन्धान सहित
Space weather monitoring system: स्याटेलाइटमार्फत अन्तरिक्षको मौसम निरन्तर अवलोकन गर्ने प्रणाली र Brain-inspired computing: मानव आँखाले हेर्दा वा मनले सोच्दा सो ठाउँ तथा घटनाका बारेमा मस्तिष्कमा बन्ने चित्रलाई कम्प्युटरमा उतार्ने प्रविधिबारे जानकारी लिएका थिए ।

नेपालमा सूचना सञ्चार संरचना विकास तथा व्यवस्थापनका लागि NICT सँग के कस्तो सहकार्य गर्न सकिन्छ, सो को बारेमा अध्ययन गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो । NICT मा गरिने सबै प्रकारका अनुसन्धानका बारेमा जानकारी गराउने छोटो भिडियो प्रजेन्टेशन पनि थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?