तेरो र मेरो होइन,हाम्रो र राम्रो बनाऊँ मन,बचन कर्मले एकता र सद्भाव जगाऊँ भन्ने मान्यताका साथ बागलुङ गलकोटका बालकृष्ण कंडेल (हिमाल)ले एनआरएनए जापानको आगामी कार्यकाल २०२१-२०२३ को लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।
एनआरएनए जापानमा देखिएका आर्थिक अनियमितता, गुटगत, व्यक्तिगत प्रवृतिका कारण सिङगो अभियानप्रति नेपाली समुदायको बिश्वास घट्दै गईरहेको अवस्थामा यस्ता प्रवृतिबाट माथि उठेर समुन्नत समाज निर्माणका लागि सामुहिक अपनत्व निर्माणका लागि आफूले उपाध्यक्षको पदमा उम्मेदवारी दिएको कंडेलले सामाजिक संजालमार्फ़त उम्मेदवारी घोषणा गर्ने क्रममा उल्लेख गरेका छन ।
दुई दशकभन्दा लामो जापान बसाईका क्रममा एनआरएनए जापानको सदस्य पदमा रहि कार्य गरि सकेका कंडेल गलकोट समाज जापानको सह सचिव पदमा रहि सामाजिक सेवाका क्रियाकलापमा सक्रिय रहेका छन ।
विदेशमा हासिल गरेका ज्ञान सिप र पूँजीलाई आफ्नो मातृभूमिको समुन्नत विकासका लागि लगानी गर्न एनआरएनए जापानमार्फ़त पहल कदमी लिनका लागि पनि आफू उपाध्यक्ष पदमा रहेर काम गर्न चाहेको कंडेल बताउछन ।
आफ़नो उम्मेदवारी घोषणाका क्रममा कंडेलले एनआरएनएको उद्देश्य अनुरूपको कार्य गर्न र सबैको एनआरएनए परदेशमा रहदा नेपालीका लागि सुखदुःखमा एनआरएनए बनाई राख्नका लागि आफू प्रतिबद्ध रहने विश्वास व्यक्त गरेका छन ।