जापानमा अन्य व्यक्तिको क्रेडिट प्रयोग गरि ३० करोड बढीको शिन्कान्सेन ट्रेनको टिकट खरिद गर्ने ५ जना पक्राउ

-


     जनहित न्युज    
     कार्तिक २१ गते २०८०


३० करोड येन (२ मिलियन डलर) भन्दा बढीको क्षति हुने अन्य व्यक्तिको क्रेडिट कार्ड डाटा प्रयोग गरेर अनलाइनमार्फत शिन्कान्सेन ट्रेनको गरि टिकट खरिद गरेको आरोपमा एक जापानी र चार चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरिएको छ।
शंकास्पद व्यक्तिहरूमा निश्चित ठेगाना नभएका २८ वर्षीय चिनियाँ नागरिक झाङ सियाउ र पश्चिमी जापानको कोबेमा बस्ने ५५ वर्षीय जापानी कम्पनीका कार्यकारी अधिकृत योशिसुके हायाशिदासहितलाई सोमबार पक्राउ गरेको जापान प्रहरीले जनाएको जापानी सञ्चारमाध्यमले आफनो समाचारमा उल्लेख गरेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ७८० जना व्यक्तिको अवैध रूपमा क्रेडिट कार्ड प्रयोग गरि लगभग १४० मिलियन येन क्षति भएको पुष्टि भएको छ ।
पाँचै जनाले अरूसँग मिलेर पश्चिम जापान रेलवे कम्पनी र क्युशु रेलवे कम्पनीको वेबसाइटबाट बुलेट ट्रेनको टिकट किनेको र फेब्रुअरी र अप्रिलको बीचमा जेआर शिन-ओसाका स्टेशन र अन्य ठाउँमा टिकट प्रिन्ट गरेको बताईएको छ ।
प्रहरीले ती पाँच जनाले अन्य व्यक्तिहरुको कार्डको बारेमा जानकारी भएको आशंका गरेको छ।हयाशिदाले अन्य चार संदिग्ध व्यक्तिहरूबाट टिकटहरू चोरी गरी टिकट बिक्री गर्नेहरूलाई बेचेको आरोप छ।
पाँचै जनालाई चोरी र इलेक्ट्रोनिक वा चुम्बकीय रेकर्डको अनधिकृत दुरुपयोगको आशंकामा पक्राउ गरि कानूनी कार्यवाही अगाडि बढ़ाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?