एनआरएनएको अभियानमा सशक्तिकरण र जवाफदेहिताका लागि महिलालाई प्रोत्साहन

-


     दिनेश थापा    
     असार २३ गते २०७८


महिला नेतृत्वका लागि गाउ टोल हुदै क्रमभुमि जापानमा आईपुग्दा समेत अग्रपंतिमा रहेर हरेक सामाजिक कार्यमा पुरुषभन्दा महिला कुनै कोणबाट पनि कमि छैनन् भन्दै जापानमा रहेका दर्जनौ सामाजिक संघ संस्थामा हातेमालो गर्ने जुझारू सामाजिक कार्यमा सक्रिय महिलाहरूले एक पछि अर्को संघ संस्थामा नेतृत्वदायी भूमिकामा आउन लाग्नु जापानबासी नेपालीहरूका निम्ति सुखद पक्ष हो ।
आज पनि महिलाको अवस्थालाई हेर्ने हो भने थुप्रै खाले समस्या,भेदभाव र असमानता, घरेलु उल्झनमा रूमलिनु पर्ने बाध्यता हाम्रो परिवार र समाजमा जस्ताको तस्तै छन्। कुनै पनि परिवार,समाज वा राष्ट्र सफल छ भने महिला कै कारणले भएको छ। तर हाम्रो समाज त्यो मान्न तयार छैन पितृसत्तात्मक चिन्तनका कारण आजको दिनमा पनि आफ्नो योगदान र क्षमता अनुसारको उपलब्धि महिलाले हासिल गर्न सकेका छैनन्।
NRNA जापानमा तुलनात्मक रुपमा महिलाको सहभागिता निकै न्युन रुपमा देखिएको छ। भर्खर मात्र आफ्ना सबै क्षेत्रका क्षेत्रीमा अधिवेशन सकाएको NRNA जापानमा कुनैपनि नेतृत्वको त कुरै छाडौ कार्यसमितिमा त महिलाको सहभागिता शून्य नै छ। केन्द्रीय स्तरमा पनि निकै कम सहभागि भएको पाईन्छ ।

एनआरएनए जापान एक नमूना र भोलिका लागि आशा लाग्दो संस्थाको रुपमा स्थापित हुने थियो । NRNA जापानमा हालिमुहालि गर्नेहरुको ध्यान यतातर्फ जानुपर्ने देखिन्छ। महिला उमेदवारलाई एक आपसमा प्रतिस्पर्धा भन्दा पनि सहमतिका साथ सम्मान जीतको सुनिश्चितता गर्ने तर्फ़ ध्यान दिन लागौ।

यस बिचमा देखिएका र अवसर पाएका महिला पदाधिकारी जापानमा रहेका महिलाको समस्या समाधान गर्नको लागि नभई महिला सहभागिता गराउन NRNA जापानले मंचन गरेको नाटक मात्र देखिएको छ। अब आउने कार्यकालमा महत्वपूर्ण अवसर पाएका महिलाहरुले पुरुषवादी चिन्तनमा अलमलिएको र आफ्नो व्यक्तिगत स्वार्थ र अवसरका लागि गरि खाने भाडो गराईएको NRNA जापानमा उत्कृष्ट काम गरेर देखाउन र महिला सदैव आरक्षण र संरक्षणमा मात्र नभएर कार्यकुशलता र कार्यक्षमताको आधारमा नेतृत्व तहमा पुग्न सक्छन् भनेर देखाउनको लागि कैयौ महिलाको NRNA जापानमा नेतृत्वदायी भूमिकामा सहभागिता हुनुपर्ने देखिन्छ।
जसरी यो सुन्दर संसारको सृष्टिकर्ता महिला हुन् त्यसरी नै NRNA जापानलाई सुन्दर र सफ़ा बनाउनको लागि पनि महिला सहभागितालाई प्रभावकारी रूपमा राम्रो उपस्थिति हुनु आवश्यक छ। घरायसी चुलोचौको र घरबाटै बाहिर निस्कनु हुदैन पुरातनवादी सोचलाई चिर्दै अवसरवादी चिन्तनलाई समाप्त पार्नको लागि घरदेश हुदै जापानसम्मको यात्राको तय गरेर जापानको व्यस्त समयको बाबजुत,परिवारको समस्या,बिहान बेलुकाको काम, साना साना बालबच्चा यतिकै छोडेर समाज र महिलाको हकहितका लागि हरेक ठाऊमा भौतिक उपस्थिति जनाउनु हुने NRNA जापानका सम्पुर्ण महिला उमेदवारलाई सम्मान छ।

महिला उमेदवारलाई विभाजित गराएर भन्दा पनि एकिकृत गराएर सबै महिला उम्मेदवारहरूको जीतको लागि सुनिश्चतता गराइ सर्वसम्मत बनाउन सकेमा महिला सहभागिता उल्लेखनीय हुने थियो ।यसो हुन सकेमा एनआरएनए जापान एक नमूना र भोलिका लागि आशा लाग्दो संस्थाको रुपमा स्थापित हुने थियो । NRNA जापानमा हालिमुहालि गर्नेहरुको ध्यान यतातर्फ जानुपर्ने देखिन्छ। महिला उमेदवारलाई एक आपसमा प्रतिस्पर्धा भन्दा पनि सहमतिका साथ सम्मान जीतको सुनिश्चितता गर्ने तर्फ़ ध्यान दिन लागौ।

आखानै तिरमिर हुने प्रतिवद्धता नभएर आफुले गर्न सक्ने र समुदायलाई प्रत्यक्ष प्रभाव पार्ने, आफ़नो क्षमता अनुसारको काम गर्ने सक्ने प्रतिवद्धता लिएर उमेदवारी दिन सकेमा फलदायी हुने थियो कि? आफ्नो मतदान,आफै गरौ मतको सम्मान खोजौ ।

परिवर्तन भनेको कुनै जादुको छडी होईन र रातारात पनि हुदैन महिलाको हकहितका लागि सामुहिक सहकार्य बाट सबैले साथ दिनुपर्ने देखिन्छ। पछिल्लो समयमा जापानमा हरेक संघ संस्थामा विभिन्न तहमा महिलाको सहभागिता क्रमिक रुपमा वृद्धि सकारात्मक देखिएको छ। अब महिलाहरुले महिलाको सहभागिता वृद्धि गर्न महिलाहरु भित्रै समावेशीकरणलाई ध्यान दिइ सक्रिय सहभागितामा जोड दिनु अपरिहार्य छ ।
जापानमा हुने घरेलू हिंसाबाट प्रभावित महिलालाई तत्काल सम्बोधन गर्न, कानुनी उपचार र मनोपरामर्श सगैको सामाजिक सत्भाव साथै आवश्यक देखिएका विभिन्न प्रकारका सेवाहरुमा पहुँच बढाउन उचित तबरले एकजुट भएर लाग्नुपर्ने देखिन्छ। आखानै तिरमिर हुने प्रतिवद्धता नभएर आफुले गर्न सक्ने र समुदायलाई प्रत्यक्ष प्रभाव पार्ने, आफ़नो क्षमता अनुसारको काम गर्ने सक्ने प्रतिवद्धता लिएर उमेदवारी दिन सकेमा फलदायी हुने थियो कि? आफ्नो मतदान,आफै गरौ मतको सम्मान खोजौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?