यस्ता छन् स्वतन्त्र उम्मेदवार चालिसेका प्रतिवद्धता ( पूर्ण पाठ)

- नगरप्रमुखले पाउने कुनै पनि सेवा सुविधा नलिने, भौतिक तथा सामाजिक विकासमा विशेष जोड

-


     घनश्याम गौतम    
     वैशाख २२ गते २०७९


आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि गलकोट नगरपालिकाको नगर प्रमुखको पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका मञ्जु शर्मा चालिसेले एक कार्यक्रमका बिच आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ । 

शर्माले गलकोट नगरपालिकामा आँफु नगर प्रमुख पदमा बिजयी भएपछि नगरपालिकाको विकासका लागि मुख्यतया भौतिक तथा सामाजिक विकासमा विशेष ध्यान दिने बताउनुभएको छ । उहाँले नगर प्रमुखको जिम्मेवारी कमाउनका लागि नभई जनताको सेवा गर्नको लागि भएको बताउँदै आँफुले नगरप्रमुखले पाउने कुनै पनि सेवा सुविधा नलिई सामाजिक कार्यमा लगाउने समेत प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

उहाँले ५ वर्ष भित्र २ सय युवालाई रोजगारी सिर्जना गर्ने, विपन्न परिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य तथा शिक्षाको व्यवस्था गर्ने, सरकारी विद्यालयमा निशुल्क आवासको व्यवस्थ गर्ने, गलकोट नगरपालिका भित्रका विपन्न तथा गरिव जनताको लागि निःशुल्क स्वास्थ्य विमा उपलव्ध गराउने, केन्द्रिय अस्पतालहरुसंग सहकार्य गरी आत्महत्या निरुत्साहनको लागी हटलाईन नम्वर मार्फत् परामर्श कार्यक्रम सञ्चालन गर्ने, सरकारी तथा निजी अस्पतालहरुमा नर्सिङ, अनमि, अहेव पढाई सुरु गर्न पहल गर्ने प्रतिवद्धता पत्रमा समावेश गर्नुभएको छ ।  

त्यस्तै गलकोटका सामुदायिक विद्यालयमा छात्रवास निर्माण गर्ने, गरिव, विपन्न, निम्न आय स्तर भएका विद्यार्थीलाई मेयरको तलवको कोषवाट सामुदायीक विद्यालयमा छात्रवास सहित पढाउने, विभिन्न विधाको पुस्तकहरु उपलव्ध हुने गरी सार्वजनीक पुस्तकालय स्थापना गर्ने, समय समयमा प्रत्येक वडालाई लक्षित गरेर शिक्षक अभिमुखिकरण तालिम र गोष्ठि सञ्चालन गर्ने वताउनुभएको थियो ।

त्यस्तै हेल्पलाईन कलसेन्टर मार्फत महिला र वालवालिकाको लागी घरेलु हिंसामुक्त सुरक्षित वातावरणको व्यवस्थापन गर्ने, सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा स्तनपान तथा शिशु नर्सिङ कक्ष व्यवस्थापन गर्ने, महिला उद्यमशिलता मार्फत स्वरोजगारी वढाउने कार्यक्रम र समान काम समान ज्यालाको व्यवस्था गर्न पहल गरीने प्रतिवद्धता पत्रमा उल्लेख गरीएको छ ।  

त्यस्तै नगरपालिका भित्र नगरवस सञ्चालन गर्ने, गलकोट नगरपालिका अन्तर्गत मध्यपहाडि लोकमार्गका विभिन्न ठाउँमा महिला तथा अपाङ्गमैत्री सार्वजनिक शौचालयको निर्माण गर्ने, कृषि विक्रि तथा संकलन नगर कृषि कार्यालय मार्फत गरीने र त्यसको उचित मुल्य प्रदान गर्ने, जग्गा वाँझो राख्ने निरुत्साहन गर्नका लागि पुर्वाधारको विकास गरी उक्त स्थानमा फलफूल तथा तरकारी, अन्नवाली लगाउन अनुदानको व्यवस्था गर्ने, मगर कला संस्कृति जगेर्नाको लागी संङ्ग्रहालय निर्माण, व्यवस्थापन एवं स्तरोन्नती गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।
उहाँले छिमेकी पालिका संग समन्वय गरी ढोरपाटन, घुम्टे, टेउवा मुर्तिकला, गोलकोट, निलुवा सहस्रधारा, उदय बुद्ध बिहार, कालिलेक, हलहले गाईघाट, राम्चेढुङ्गा, शिद्धथान, तोरिखोला जस्ता पर्यटकिय स्थल अवलोकन गर्न आउने पर्यटकका लागी गलकोटलाई ट्रान्जिट पोईन्ट वनाउने, पालिका कार्यालय भवन निर्माणलाई सुरुवात गरीने र भवन पुर्ण अपाङ्गमैत्री, वालमैत्री, ज्येष्ठ नागरिक मैत्री र प्रविधीमैत्री गराइने, जिल्ला मालपोत र नापी कार्यालयसंग सहकार्य गरेर हालसावी गरिने, आम नागरिकको सुचनाको हकलाई सम्मान गर्दै पालिका तथा वडामा सञ्चालित विभिन्न योजनाहरुको सूचना प्राप्त गर्न सकिने हकलाई सुनिश्चिन गर्न प्रतिवद्द रहेको बताउनुभयो ।
शर्माले नगरस्तरिय वहुउद्देश्यिय भवन निर्माण गर्न विशेष पहल गर्ने, आगलागि नियन्त्रणका लागी दमकलको व्यवस्था गर्ने, नगरप्रहरीमा महिला सहभागित गराई आम गलकोटवासी र महिला सुरक्षाको लागी विशेष पहल गर्ने, गरिव तथा विपन्नको पहिचान पारदर्शी तरिकाले गरी पालिकाले प्रदान गर्ने सेवा सविधामा प्रोत्साहन गरिने, सामाजिक सुरक्षा भत्ता प्रत्येक घरघरमा पु¥याउने, राष्ट्रिय प्रदेश स्तरका खेलकुद प्रतियोगितामा सहभागि प्रतियोगीलाई भत्ताको व्यवस्था गर्ने, सिपमुलक तालिम दिएर स्वरोजगारीलाई प्रोत्साहन गर्ने, स्थानिय सञ्चार गृहहरुलाई प्राथमिकतामा राखिने र सँचार सस्थाको सवलिकरणको लागी उचित कदम चाल्ने, वातावरण तयार गर्ने शर्माद्वारा सार्वजनिक प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । 

प्रतिवद्धता सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रम उम्मेदवार चालिसेका सचिवालय सदस्य आशिष चालीसेको सञ्चालनमा सम्पन्न भएको थियो । 

Pratibaddhata-patra-manju-sharma

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?