राष्ट्रवादको मुकुण्डो छताछुल्ल

-


     राजेशचन्द्र राजभण्डारी    
     जेठ २२ गते २०७८


कहिले चुच्चे नक्सा देखाएर

कहिले अयाेध्या देखाएर

राष्ट्रवादी छवि बनाउन सफल

धुर्त स्यालकाे पर्दा फास भएको छ

आफू सक्कली अरू नक्कली भनाउदै

प्रभु संग टक्करकाे नाटक मन्चन गर्दै

३ बर्ष नेपाली जनतालाई गुमराहमा राख्न सफल

भेडाको छाला आ‌ेढेका ब्बाँसाकाे

छाला आज छरपस्ट रूपमा सडकमा झरेको छ

जनताको आँखामा छारो हाल्न सफल

तथाकथित राष्ट्रवादकाे मुखुण्डो उत्रिएको छ

हिजो नेपाली जनताले बनाएको संविधान
जलाउनेहरू

संबिधान पुरै कालाे भनेर दक्षिण पत्ति पुगेर ढुंगा

हान्नेहरू

रातारात परिवर्तन भएछन्

संसद विघटन भएको बेला

काम चलाउन सरकार रहेको बेला

सरकारमा सहभागी हुनु

यहीँ त हाेला राष्ट्रवादकाे नयाँ प्रयोग

नेपाल लाई बहुल राष्ट्रिय राज्य बनाउन

मुक्ति आन्दोलनकाे तयारी गर्ने

उपप्रधानमन्त्री उदघाेष गर्छन्

सरकार प्रमुख भन्छन् बल्ल

छिमेकी मुलुक भारत संगकाे असमझदारी

हटेको भन्दै खुशीयाली साटासाट गर्छन्

राष्ट्रवादकाे ध्वाङ पिटेर

रातारात राष्ट्रवादी देखिएका महाेदयहरूकाे

नाटक, नाैटंङ्की र ड्रामा सबै छताछुल्ल भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?