बालकृष्ण बस्नेत नेपाल प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त हुनुभएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।
कानुन व्यवसायी समेत रहेका बस्नेत कान्तिपुर दैनिकमा लामो समय काम गर्नुभएको थियो । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेत हालै सम्पन्न निर्वाचनमा महासचिवमा पराजित हुनुभएका बस्नेतलाई सरकारले काउन्सिलको जिम्मेबारी दिएको हो ।
चार वर्ष अघि काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी वरालको कार्यकाल उहाको नियुक्तिको योग्यता विवाद सर्वोच्च अदालतमा मुद्दामा परेपछि यसबीचका किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यवाहक भएरै बित्यो ।
उहाँको नियुक्तिको कार्यकाल सकिएपछि सरकारले बस्नेतलाई नियुक्त गरेको हो ।