एनआरएनए जापानका कुनै काम कारवाही नगर्न नगराउन पत्राचार, एनआरएनएको मुद्दा टोकियो अदालतमा जाने तयारी

-


     खगराज गौतम    
     श्रावण २० गते २०७८


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आगामी कार्यकाल २०२१–२०२३ का लागि ३० जुलाई २०२१ सम्पन्न निर्वाचनमा अनलाइनमार्फत भएको मतदानमा अटोमेटिक रुपमा सिस्टमको दुरुपयोग गरिएको भनिएको बारेमा गठित अध्ययन तथा छानबिन समितिले एनआरएनए जापानका कुनैपनि गतिविधि नगर्न नगराउन अध्यक्ष मण्डललाई पत्राचार गरेको छ ।
राजन परधानांगको समयोजकत्वमा गठित सो समितिले आइटि बिज्ञसहितको सहभागितामा आफ्नो कार्य थालनी गरिसकेको जनाउदै निर्वाचनको प्राविधिक पक्षका सम्बन्धमा लगाइएका आरोपहरू सत्य हुन वा अनुमानको भरमा लगाईएको हो त्यसको अध्ययन पश्चात निष्कर्षमा नपुगेसम्म एनआरएनए जापानका काम कारवाहि यथावत राख्नका लागि अध्यक्ष मण्डलमा लिखित अनुरोध आएको सदस्य सालिकराम भण्डारीले जानकारी दिए ।
निर्वाचन सम्पन्न भएपश्चात निर्वाचित उम्मेदवारहरुले सपथ ग्रहण गराइदिन अध्यक्ष मण्डल र निर्वाचन समितिलाई दबाव सृजना गरेको छ भने डा बलराम श्रेष्ठको समयोजकत्वमा ३० जना असन्तुष्ट पक्षले निर्वाचनमा अनलाइनमार्फत भएको मतदानमा अटोमेटिक कम्युटर सेटिंगबाट गरि मतदाताको मताधिकारलाई दुरुपयोग गरेको पाइएकोले आईटी विज्ञसहितको सहभागीमा छानबिन गरि यथार्थ जानकारी नआउदासम्म निर्बाचन परिणाम घोषणा नगर्न उजुरी गरेको छ ।
एनआरएनए जापानको १७ सय पंजीकृतको वैयक्तिक विवरण परिवर्तन भएबाट उत्पन्न समस्या र त्यसपश्चात सम्पन्न निर्वाचनका क्रममा मतदाताले मताधिकारको उपयोग गर्न नपाएको विषयलाई समाधान गरि प्रतिवेदन पेश गर्नका लागि गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदद्वारा उपलब्ध गराइएका दुईजना सम्बन्धित क्षेत्रका सहयोगी सहितको समलग्नतामा अध्ययन र छानबिन भैरहेकोले सो छानबिनमा सहयोग पुर्याइदिनका लागि अध्यक्ष मण्डलले जापानबासी सबैमा आग्रह गरेको छ ।
पक्ष र विपक्षहरुले आफ़ना आफ़ना विषयहरुलाई महत्वमा दिइ छानबिनलाई प्रभाव पार्ने गतिविधि र अभिव्यक्ति सार्वजनिक हुनुले काम गर्न असहज भएको अध्ययन तथा छानबिन समितिको बुझाई छ ।

एनआरएनए जापानको निर्वाचनका क्रममा बिगतदेखि नै केहि अनियमितता, अस्वस्थता युक्त, अपारदर्शिता जस्ता गतिविधि हुदै आएको एनआरएनएको अभियानमा लागेकाहरुको बुझाई छ ।
यसखालका गतिविधि र क्रियाकलापले विदेशमा नेपालीहरू नै विवादित भै सामाजिक सेवा र भ्रातृत्वको भावनामा समेत आँच पुगेकोले दीर्घकालीन समाधानका उपायहरुको खोजी गरि सुझाव र मार्गनिर्देश गर्न अध्ययन तथा छानबिन समितिप्रति सर्वसाधारण जापानवासी नेपालीको आग्रह रहेको छ ।

उनीहरुले हरेक निर्वाचनमा शंका उत्पन्न भएको हुनाले सत्य तथ्य के हो र कसले यस्तो हर्कत गरेको छ भन्ने चासो र चिन्तालाई सम्बोधन गर्ने गरि प्रतिवेदन पेश गर्न समेत आग्रह गरिएको छ ।साथै बुझाईएको प्रतिवेदन तत्काल कार्यान्वयनमा ल्याइ निर्दिष्ट गरिएकाहरुमाथि कारवाहि गरिनुपर्ने आवाज़ समेत उठेको छ ।
एनआरएनए जापानको निर्वाचनका सम्बन्धमा रहेर केही अडियो रेकर्डसमेत बाहिरिएका छन । त्यसको अध्ययन गर्दा समेत निर्वाचनका क्रममा केही त्रुटि रहेको बुझनसकिने ठाउरहेको देखिन्छ।

एनआरएनएको मुद्दा टोकियो अदालतमा जाने तयारी

यता पराजित ३० जना उम्मेवदारहरुको नेतृत्व गर्दै अध्यक्ष मण्डलमा उजुरी गरेका डा श्रेष्ठले क़ानूनी उपचारमार्फ़त समेत यो निर्वाचनको धादलीलाई परास्त गरेरै छाडने अडानका साथ टोकियो जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको सामाजिक संजालमार्फ़त जानकारी दिएका छन ।
‘’छानबिन पुरा नहुँदै गैर कानुनी तबरले सपथ लगायत डाटामा हेरफेर गरिएमा सपथ खुवाउने लागयत डाटा पुन हेरफेर गर्ने गरेमा संलग्न सबैले सार्वजनिक अपराध तथा साइबर अपराध गरेको ठहर्ने छ र यस्तो अपराध गर्ने जो कोहीलाई हामी अदालतमा घिच्याएर लान वाध्य हुने छौ ।’’ डा श्रेष्ठले आफ्नो फ़ेसबुकमार्फ़त चेतावनी दिदै भनेका छन- हामी वास्तविक सत्य तथ्य सबैले थाहा पाउनु पर्छ भन्ने पक्षका कुरा गरि लरहेका छौ । मतादाताको मत हाल्ने अधिकार हनन हुनु हुँदैन सधैं धोका र छल कपटले प्रबासी नेपालीको श्वास र घाटी नकाटियोस भन्ने चाहन्छौ, प्रबासी नेपालीले सफा ब्यबस्थामा र खुला भएर जिउन पाउनुपर्छ भनिरहेका छौ ।
एनआरएनए जापानको अध्यक्ष मण्डलले उठेका सवालको सम्बोधन गर्ने उदेश्यले अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)सँग आवश्यक परामर्शमा गरी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानका संस्थापक अध्यक्ष प्रधानाङ्गको संयोजकत्वमा सुमन खड्का, सुकमान थिंङ, वेद काफ्ले र अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)बाट एक विज्ञको सहभागी रहने गरी अध्ययन तथा छानबिन समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?