गलकोट नगरपालिकामा बैशाख २१ गते देखी निषेधज्ञा जारी भएकोले सबै बिद्यालय बन्द छन्। तर गलकोट नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले जेठ २१ गते देखी कक्षा ८ को अनलाईन माध्ययमबाट परिक्षा संचालन गर्ने जनाएको छ । गत माघ ४ गते देखी सुरु भएको अध्ययन अध्यापन क्रियाकलाप बैशाखको २४ गते सम्म संचालन भएको थियो ।
निषेधाज्ञाका बिच अनलाइन मार्फत आन्तरिक मुल्याङकन गर्ने गरि परीक्षा संचालन गर्न थालेको नगर शिक्षा अधिकारी रुद्र नारायण सापकोटाले जानकारी दिनुभयो ।जिल्ला स्तरीय संचालन हुँदै आएको कक्षा ८ को परीक्षा २०७४ सालदेखि स्थानीय तहले पालिका स्तरमा संचालन गर्दै आएको छ । यही जेठ २१ देखि २५ गतेसम्म संचालन हुने परिक्षामा नौ वटा विषयको परीक्षा दिनुपर्ने छ ।
परीक्षामा विद्यार्थीले घरमा बसेर किताब हेरेर, आफन्तलाई सोधेर पनि उत्तर लेख्न पाउनेछन् । नगरपालिकाले लकडाउन अगाडि भौतिक रुपमै विद्यार्थीलाई उपस्थित गराएर परीक्षा दिने व्यवस्था गरे पनि कोरोनाको कारण लकडाउन भएपछि परीक्षा स्थगित भएको उहाँको भनाई छ । नगरपालिकाको शिक्षा समितिको बैठकले अनलाइन माध्यमबाट परीक्षा गर्ने निर्णय गरेको सापकोटाको भनाई छ ।
नगरपालिकाले पश्न पत्र तयार पारेर सबै विद्यालयमा पठाएको भन्दै विद्यालयले विद्यार्थीहरुलाई अनलाइन मार्फत प्रश्न वितरण गर्ने जनाएको छ । अधिकारी सापकोटाका अनुसार यो परीक्षा फेला पासको नभई यसको नतिजा जस्तो आए पनि विद्यार्थीको आन्तरिक मूल्याङकनबाटै गरिने छ ।
नगरपालिकाले यस वर्ष कक्षा पाँच र कक्षा आठको परीक्षा संचालनको लागि आन्तरिक स्रोतबाट तीन लाखलाई रुपैयाँ विनियोजन गरेको छ । उक्त रकम यस वर्ष खर्च नहुने शिक्षा अधिकारी सापकोटाले बताउनुभयो । उहाँले नेपाल सरकारले केन्द्रबाट प्रति परीक्षार्थी २५० का दरले रकम पठाएको रकम १ लाख ८५ हजार २ सय ५० रुपैयाबाट प्रश्न पत्र, प्रमाण पत्र, ढुवानी त्यहीबाट व्यवस्थापन हुने बताउनुभयो ।
गलकोटमा अनलाईन मार्फत परिक्षा संचालन गर्ने अबस्था नभएकोले नगरशिक्षा शाखाले बैमौषमी बाजा बजाउने काम गरेको भन्दै चर्को आलोचना भएको छ । गलकोटको थालेपोखरा, रमुवा, कायस भुजुङ्गे, खसगाँउ जस्ता ठाँउमा ईन्टरनेट समेत नभएकोले अनलाईन मार्फत परिक्षा गर्ने निर्णय शिक्षा समितिको ब्यबहारीक नभएको अभभिाबकको गुनासो छ ।
हामीलाई निषेधाज्ञाको कारण बिहान बेलुका के खाने र ज्यान बचाउने भन्ने समस्या छ, स्थानीय कर्ण बहादुर दर्जिले भन्नुभयो, छोरालाई परिक्षा दिन नेट चल्ने मोबाईलको लागी पैसा कहाँबाट ल्याउने, परिक्षा दिनकै लागी मोबाईल किन्न छोरा झगडा गरेको छ, गरिबलाई नपढ्न सरकारले दवाब दिएपछि के गर्ने । उहाँको जस्तै अनुभब थालेपोखराका अभिभाबक तुल बहादुर बिकको पनि छ । घरमा खाने पिठो छैन् । हातमा हेलो गर्ने फोनमा पैसा सकिएको ४ दिन भयो तर नेटमा परिक्षा दिन पर्ने भएपछि आफ्नो छोरीलाई अब नपढाउने मनस्थिती बनेको उहाँको भनाई छ । उहाँले नेट चल्ने मोबाईल र नेट किनेर दिए परिक्षा दिन सम्ने भन्दै दुखेसो पोख्नुभयो ।
गलकोटको अधिकाशं ठाँउमा मोबाईल फोन सहज रुपमा पहुँच नभएकोले अनलाईन मार्फत परिक्षा सम्भबन नभएको बताउदैं स्थानीय राजेन्द्र श्रेष्ठले भन्नुभयो, सबैठाउँमा मोबाईल फोनर नेटको सुबिधा नभए परिक्षा हुने तर नियमित अनलाईनमा पढाउन किन नसकेको भन्दै प्रतिप्रस्न गर्नुभयो ।
अनलाईनको माध्ययबाट परिक्षा लिने भनेपनि बिद्यालयमा बिद्यार्थीलाई बोलाएर प्रश्नपत्र बितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले गलकोटसहित जिल्ला भर जेठ २२ गते सम्म निशेषाधाज्ञा जारी गरेको अबस्थामा जेठ २० गते देखी बिद्यालयमा बिद्यार्थी प्रश्न लिन जान थालेका छन् । केही बिद्यार्थी कोरोना संक्रमणका कारण उपचारमा रहेको र केहीका अभिभाबक आईसोलेशनमा रहेकोले अनलाईन परिक्षा भन्ने बाहानाबाजी भएकोले त्यसलाई पुर्नबिचार गर्नुपर्ने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तीकारी) बागलुङका अध्यक्ष मिलन काउचाले बताउनुभयो ।
महामारीको समयमा गलकोटको क्षेत्रमा अनलाईनको बाहानमा हातहातमा प्रश्नपत्र दिएर गर्ने परिक्षाको कारण निषेधाज्ञाको उल्लधन हुने र संक्रमणको जोखिम तिब्र हुने काउचाको भनाई छ । कतिपय श्रोतबाट आएको बजेट सक्ने, काम सफल रहेपनि यो अबस्थामा धरमा किताब सार्ने परिक्षाले सिकाई नहुने उहाँको भनाई छ ।
गलकोटमा संचालन हुने अनलाईन परिक्षा बारे वडा अध्यक्ष समेत बेखबर रहेको पाईएको छ । परिक्षा बारे सामान्य जानकारी पाएका बिद्यार्थी र अभिभाबकलाई प्रबिधीको ब्यबस्था गर्ने चिन्तामा छन भने केही बिद्यार्थीलाई परिक्षा बारे जानकारी नै नपाएको बताएका छन् । अनलाईन मार्फत परिक्षा लिने बारे आफुलाई जानकारी नभएको गलकोट नगरपालिका वडा नम्व ३ का वडा अध्यक्ष बीरजंग भण्डारीको भनाई छ ।
परिक्षा संचालन गर्न नगरपालिकाले पत्राचार गरेपनि आन्तरीक मुल्याङकनलाई आधार मान्ने अनलाईनमा परिक्षा संचालन गर्न नसम्कीने केही निजी बिद्यालयको भनाई छ । अभिभाबकको प्रश्नबारे शाखाले समितिको निर्णय भन्दै बिद्यार्थी पास हुने ग्यारेन्टी भएकोले परिक्षा संचालन गरिएकोले अधिकारी सापकोटाले बताउनुभयो । बिद्यार्थी पास हुन्छन् पास भए अभिभाबकलाई के को चिन्ता भन्दै आक्रोश ब्यक्त गर्नुभयो ।
गलकोटमा अनलाईन कक्षा संचालन गर्न नसक्ने तर परिक्षा लिन सक्ने भन्दै अभिभाबकले चौतफि बिरोध गरिरहदाँ भोलिदेखी केही ठाँउमा अनलाईन तथा केही स्थानमा प्रश्न पत्र घरमा लगेर नै परिक्षा संचालन हुदैछ । परीक्षामा गलकोट नगरपालिका भित्र ७४९ परीक्षार्थी सहभागी हुँदै छन् ।