उपत्यकामा निषेधाज्ञा एक हप्ता थप, के गर्न पाईन्छ, के पाईँदैन ? (आदेशसहित)

-


     जनहित न्युज    
     श्रावण १९ गते २०७८


कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक सम्पन्न भएको छ । बैठकले जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको हो । पहिलेकै निर्णयहरूलाई कडाइ गर्दै थप एक हप्ता निषेधाज्ञा गरिएको हो।

हालसम्म सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरील, शैक्षिक संस्थालगायत बढी भीडभाड हुने ठाउँ बन्द छन्। निषेधज्ञा खुकुलो भएसँगै औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक अरू पसल तथा व्यवसाय साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुँदै आएका छन्। यस्तै रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवाहरू पनि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।

सुरक्षा निकायले नै निषेधाज्ञाको अनुगमन गर्ने भएका छन् । अहिलेको जारी निषेधाज्ञा साउन २० गते मध्यरातसम्म कायमै छ । एकसाताको संक्रमणको परिस्थिती हेरेर निषेधाज्ञाबारे थप निर्णय गरिने प्रमुख जिल्ला अधिकारीहरुले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?