
कास्की पोखरामा सञ्चालन भईरहेको भलिबल प्रतियोगितामा गलकोट स्पोट्स क्लव शानदार जितसहित उपाधी बिजेता बनेको छ ।
नेपाल छन्त्याल संघ जिल्ला समिति कास्की पोखराको ७ औं वार्षिर्कोत्सवको अवसरमा आयोजना गरिएको क्लव स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता अन्तर्गत पुरुष भलिवल प्रतियोगितामा जिएम समाज कावासोतीलाई पराजित गदै गलकोटले उपाधी चुमेको हो ।
फाईनल खेलमा गलकोट स्पोट्स क्लव बागलुङले जिएम समाज कावासोती,नवलपुरलाई ३–१ को सेटमा पराजित गर्दै उपाधी उचाल्न सफल भएको हो ।
निकै प्रतिष्पर्धामक रुपमा सम्पन्न भएको फाईनल खेलमा गलकोटले जिएम समाज कावासोती नवलपुरलाई पहिलो, दोस्रो र चौथो सेटमा क्रमश २५–२२, २५–२० र २५–१९ को अन्तरले पराजित गरेको थियो ।
त्यस्तै जिएम समाज कावासोती नवलपुरले गलकोटलाई तेस्रो सेटमा २५–१४ का उत्कृष्ट अन्तरले पराजित गरे पनि अन्य सेटमा जित हाँसिल गर्न नसक्दा उपाधी उचाल्न असफल भयो ।
गलकोट स्पोट्स क्लवले उपाधी बिजेता बन्दै नगद रु.१ लाख ११ हजार १ सय ११ कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बनेको जिएम समाज नवरपुरले उपबिजेता बन्दै नगद ७७ हजार ७ सय ७७ मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
गत असोज ९ गतेबाट सुरु भई असोज १३ गते सम्पन्न हुने प्रतियोगिता वर्षाका कारणले फाईनल खेल रोकिएपछि आज सञ्चालन गरिएको थियो । शनिबार जिएम समाजले १ सेट र गलकोटले २ सेटमा जित हासिल गरेका थिए । फाईनल खेलको चौथो सेट चल्दै गर्दा बर्षा भएपछि खेल रोकिएको थियो ।