हराइरहेको ताराको ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो

-


     जनहित न्युज    
     जेठ १६ गते २०७९


आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। 

हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । सेनाका प्रवक्ता सहायक रथी सिल्वालले विमान भेटिएको र थप विवरण आउन बाँकी भएको जानकारी समेत दिए। 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले पनि मुस्ताङको धौलागिरी हिमश्रृङ्खलाको तल्लो भागमा विभान भेटिएको सूचना पाएका् बताए। विमान भेटिएको खबरपछि आफूहरु त्यतातर्फ जाँदै गरेको उनले जानकारी दिए। 

हामी कन्फम गर्दैछौं। संभवत अपेक्षा गरौं, भेटिएको जस्तो छ,’ उनले भने, ‘धौलागिरी हिमश्रृङ्खलाको तल्लो भागमा भेटिएको भन्ने छ। हामी त्यहाँ पुग्दैछौं।’ यसबारे थप विवरण आउन बाँकी छ।

आज बिहान ५ बजेबाट नै सेना र प्रहरीको टोली खोजीकार्यमा संलग्न भएको थियो।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको कलसाईन ९ एन–एइटी भएको ट्विनअटर विमान आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो । विमानमा चालक दलका तीन र स्वदेशी तथा विदेशी १९ यात्रु सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?