
चितवनको ठूलो एवं नेपालकै तेश्रो ठूलो पर्यटकीय गन्तब्य सौराहाको काखमा रहेको रत्ननगर नगरपालिकामा स्थानीय तह निर्वाचन-२०७९ मा माओवादी केन्द्रले इतिहास रचेको छ। माओवादी केन्द्रले रत्ननगर नगरपालिकामा यस अघिको निर्वाचनमा कुनै पनि वार्डमा समेत वर्डा अध्यक्ष जित्न सकेको थिएन। यस पटक भने रत्ननगर नगरपालिका वर्डा नं . १२ मा वार्ड अध्यक्षमा सुन्दरमणि सुवेदी र महिला सदस्य चन्द्रकला पनेरु बिजय भए संगै इतिहास रचेको हो ।

हालै मात्र त्यस पालिकामा निर्वाचित भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष श्याम बरालले रत्ननगर – १२ को जित संगै माओवादी केन्द्रले इतिहास रचेको बताए । उनी सो वार्डका बासिन्दा समेत हुन्।
त्यस वार्डमा अध्यक्ष सुन्दरमणि सुवेदी ११६२ मत ( माओबादी केन्द्र),महिला सदस्य चन्द्रकला पनेरु ९३९ मत( माओबादी केन्द्र), दलित महिला सदस्य सुकमाया बिक ९९२ मत (नेपाली काङ्रेस),खुल्ला सदस्य किसन बजगाइ ८५८ मत( नेपाली काङ्रेस),खुल्ला सदस्य रामप्रसाद पाण्डे ९२७ मत( नेकपा एमाले) मत प्राप्त गरि बिजयी भएका हुन्।

नम्बर १२ का वार्ड अध्यक्षका विजय उमेदवार सुन्दरमणि सुवेदी सानै देखि सामाजिक कार्यमा रुचि रहेको बताउने उनी सामाजिक कार्यमा लाग्दा तलब भत्ताको आश गर्न नहुने बताउँछन् । त्यसैले आफुले कुनै तलब भत्ता नलिई काम गर्ने उनको भनाई छ। आफ्नो वार्डलाई रत्ननगरकै उत्कृष्ट वार्ड बनाउन लागि पर्ने र जसको लागि वार्डमा भएका सबै विचार भएका अग्रजहरु संग परामर्श गरेर अघि बढ्ने उनको भनाई छ। वार्डमा रहेको सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता समेत उनले जनाए। आफुले वार्डमा रहेका वृद्धा, युवा , महिला, जनजाति एवं दलितको समस्या नजिकबाट बुझेकाले काम गर्न सहज हुने सुवेदीको तर्क छ।

त्यहाको हरेक निर्वाचनमा सालघारी सुकुम्बासी बस्तिमा अधिक मतदाता भएकाले त्यहाको भोट निर्णायक हुने गर्छ। सालघारीमा स्थायी बसोबास गर्ने अहिले बैदेशिक रोजगारीको शिलाशिलामा जापान रहेका राजु डंगोलले यसपालिको स्थानिय निर्वाचनमा रत्ननगर नगरपालिकामा सबैले बिश्वास गरेको वार्ड अध्यक्षमा माओवादीको तर्फबाट जितेको छ । हरेक निर्वाचनमा सरल,सबै संग मिल्ले व्यक्ति उमेदवार उठ्यो भने जुन पार्टीको भए पनि जित्न सकिन्छ भन्ने रत्ननगर -१२ बाट माओवादीबाट उठ्नु भएका सुन्दर सुबेदीले प्रमाणित गरेको बताउँछन् ।
सो वार्डमा ४ हजार २ सय ९५ जना मतदाता रहेकामा खसेको मत ३ हजार १ सय १९ रहेको थियो। रत्ननगर नगरपालिकामा माओवादी केन्द्रले गठवन्धन दलका मेयरमा कांग्रेस र उपमेयर पदमा समाजबादीलाई सघाउने निर्णय गरेपनि वडामा भने एक्लै लड्ने निर्णय गरेको थियो।



