
बागलुङको ताराखोला गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
पाँच दलीय गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार माओवादीका मनबहादुर रोकाले ८५४ मत ल्याउँदै विजयी भएका हुन् ।
रोकाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धनप्रसाद बुढाले २१९ मत प्राप्त गरेका छन् ।
रोकासँगै खुल्ला महिला सदस्यमा माओवादीका पार्वती पुन रोका, दलित महिला सदस्यमा माओवादीकै जैकली दर्जी, खुल्ला सदस्यमा नेपाली कांग्रेसका तारानाथ कँडेल, खुल्ला सदस्यमा माओवादीका चन्द्रा रोका विजयी भएका छन् ।
जम्मा मत १२ सय ७७ मध्ये मन बहादुर रोकाले ८ सय ५४ मत पाउदा भने उनका प्रतिद्वन्दी धन प्रसाद बुढा ले २ सय १९ मत मात्र पाएका छन् ।
त्यस्तै वडा अध्यक्षका स्वतन्त्र उमेदवार बिपिन रोका ले ५६ मत प्राप्त गरेका छन वडा अध्यक्ष रोका सहित सयुक्त गठबन्धनबाट महिला सदस्य मा पार्बति पुन बिजयि भएकि छन उनले ८०६ मत ल्याउदा उनकि निकटम प्रतिद्वन्दी एमालेकि हरिकला घर्ति ले मत २९१ प्राप्त गरेकि छिन ।
दलित महिला सदस्यमा गठबन्धनकै जैकलि दर्जि ले ८२५ मत ल्याउदा एमालेकि सिता दमाइ ले २०० मत पायकि छिन । खुला सदस्य मा गठबन्धन कै चन्द्रा रोका ले ६ सय ३२ मत ल्याइ बिजयि बनेकि छन भने उनकि प्रतिद्वन्दी एमालेकि गङ्गामति घर्ति ले १६६ मत ल्याएकि छन रस्वतन्त्र उमेदवार अर्जुन रोका ले २२१ मत ल्याएका छन।
खुल्ला सदस्य मा तारानाथ कडेल ले ८३१ मत बिजयि हुदा एमाले का ओम प्रसाद कडेलले २३१ मत ल्याएका छन।
वडा न ५ मा सबैभन्दा बढि मत ल्याउने वडा अध्यक्ष मन बहादुर रोका बनेका छन ।उनले सर्बाधिक ८५६ मत ल्याएका हुन। बागलुङ बाट विजयी हुने उनि जिल्ला कै पहिलाे वडा अध्यक्ष बनेका छन् ।
याे संगै गठबन्धनकाे तर्फबाट माअेावादी (केन्द्रले)बागलुङमा पहिलाे खाता खाेलेकाे हाे ।
जम्मा १८७९ मतदाता रहेकाे वडा नं ५ मा १२ सय ७७ मत परेकाे थियाे ।
वडा न ५ मतगणना सप्पन्न भइसक्दा गाउँपालिका अध्यक्ष मा नेकपा माओवादी केन्द्र का धन बहादुर बि क ले ६८६ मत प्राप्त गरेका छन भने स्वतन्त्र का प्रकाश घर्ति ले २९० एमालेका ऋषिराम रोका ले १११ र स्वतन्त्र उमेदवार याम बहादुर रोका ले ३० मत प्राप्त गरेका छन।
उपाध्यक्ष तर्फ नेपालि काङ्ग्रेस का भिम बहादुर रोका ले ७२० र नेकपा एमालेका थममाया घर्ति ले २३४ मत प्राप्त गरेका छन ।



