३ लाख राशीको सभापोखरी रनिङशिल्डको उपाधी चुम्यो एनआरएनए कान्साईले

-


     दिनेश थापा    
     फागुन २३ गते २०७८


सभापोखरी गाँउपालिकामा आयोजित प्रथम सभापोखरी अन्तर पालिका स्तरिय खुल्ला पुरुष रनिङशिल्ड भलिबल प्रतियोगितामा एनआरएनए जापान ओसाकाले उपाधी चुम्न सफल भएको छ।

सोमबार सभापोखरी रंगशाला बाह्रबिसे संखुवासभामा भएको फाइनल खेलमा एनआरएन जापान ओसाकाले ३–० को सोझो सेटमा षडानन्द नगरपालिका भोजपुरलाई पराजित गदैं उपाधी बिजेता बनेको हो ।

गलकोट नगरपालिकाका खेलाडिलाई आवद्ध गरेको एनआरएनए ओसाका जापानले फाइनलमा षडानन्द नगरपालिका भोजपुरलाई २५–१९, २५–९ र २५–१२ को सोझो सेटमा पराजित गदैं उपाधी जितेको हो ।

१० समुहको सहभागिता रहेको प्रथम सभापोखरी अन्तरपालिका स्तरिय पुरुष रनिङ शिल्ड भलिबल प्रतियोेगितामा उपाधीको विजेता बनेको एनआरएनए ओसाका जापानले नगद ३ लाख रनिङ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने प्रतियोगिताको उपबिजेता षडानन्द नगरपालिकाल भोजपुरले १ लाख ५० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रवासमा रहेर पनि नेपालको राष्ट्रिय खेल भलिवललाई प्रवर्दन र विकास साथै खेलाडीहरुको मनोबल वृद्धि गर्नमा टेवा पुगोस् भन्ने उदेश्यले एनआरएनए जापान कान्साईले सहभागिता गराएको र उपाधी चुम्न पनि सफल रहेको कान्साईका संयोजक दिलीप शर्माले जानकारी दिए। एनआरएनए कान्साईले जन्मभूमिमा शिक्षा, स्वास्थ्य, पर्यटन लगायत थुप्रै क्षेत्रमा काम गर्दै आईरहेको पनि शर्माले बताए।

नेपालको राष्ट्रिय खेल भलिबललाई परदेशको भूमिमा रहेर पनि प्रवर्द्धन र विकास गर्नुका साथै खेलकूदको माध्यमबाट प्रवासी नेपाली तथा स्वदेशमा रहेका खेलाडीहरुलाई जोडेर समग्र खेल क्षेत्रको विकाशमा जोडिएर काम गर्न पाऊँदा एनआरएनए जापान ओसाकाका सदस्य कुलविर थापाले खुसी व्यक्त गरे। आगामी दिनमा यसरि नै समन्वय र सहकार्य गर्दै अझै रचनात्मक कार्यक्रम लिएर आउने पनि थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?