मियागी प्रान्तका गभर्नरले विदेशीहरूको दैनिक जीवनयापन सहज बनाउने बारेमा गरे गोलमेच, एनआरएनए क्षेत्रीय समिति सेन्दाइका संयोजकले दिए पाँच बुँदे सुझाव

-


     जनहित न्युज    
     फागुन ८ गते २०७८


मियागी प्रान्तका गभर्नर योशिहिरो मुराईले त्यस प्रान्तमा बसोबास गर्ने विदेशीहरूको दैनिक जीवनयापन सहज र प्रभावकारी बनाउने उपायहरूको बारेमा छलफल गर्न भएको गोलमेचमा नेपालसहित घाना, चीन र पश्चिम अफ्रिकाका प्रतिनिधिहरू मार्फत रायहरू संकलन गरेका छन ।
मियागी प्रान्तमा सक्रिय एनआरएनए क्षेत्रीय समिति सेन्दाइका संयोजक हरिगोपाल श्रेष्ठ,मियागी ओभरसीज चाइनिज महिला संघका महासचिव मे चिन, मियागी अफ्रिकी एसोसिएसनका प्रतिनिधि असिडो आइज्याक याउ लगायतको उपस्थिति रहेको सो गोलमेचमा विदेशीको बसाईलाई सहज र प्रभावकारी बनाउन QR कोडमार्फत स्थानीय सरकारी कागजात विभिन्न विदेशी भाषामा अनुवाद गरिदिन, बालबालिकाहरूको शिक्षाको लागि इण्टरनेशनल स्कूलको सहजता बनाउन र विदेशी विद्यार्थीलाई मियागीमा नै कामको अवसर सृजना गरिदिन आग्रह गरेका थिए ।

सो अवसरमा एनआरएनए जापान क्षेत्रीय समिति सेन्दाइका संयोजक श्रेष्ठले विद्यार्थी भिसामा आएका विदेशीले भाषा स्कुल सकेर सेन्मोन सकिसक्दा सम्म सेन्दाइको भूगोल, रहनसहन, नियम कानुनसँग परिचित भैसकेको भएपनि कामको अभाव र उचित ब्यवस्थापन नहुदा सेन्दाइमा बस्न मन हुदाहुदै पनि अन्य सहरमा जानुपर्ने बाध्यता रहेकोले कामको उचित ब्यवस्थापन गरिदिनको लागि गभर्नरसँग अनुरोध गरे ।
सोहि अवसरमा संयोजक श्रेष्ठले बढ्दो विदेशी जनशक्ति संगसंगै सेन्दाइमा जन्म लिएका र रहेका बालबालिकाहरुलाइ इण्टरनेशनल कम्युनिटी मैत्री विद्यालयको व्यवस्थापनमा ध्यान दिन, विदेशीहरू बिशेषत नेपालीहरुका लागि ज़ानुपर्ने वडा अफिस, इमिग्रेसन, लगायतका ठाउमा भाषागत समस्याको सामना गर्नु पारेकाले कतिपय अवस्थामा अन्दाजको भरमा फारम भर्नु पर्ने स्थिति समेत देखिएकाले भाषा अनुबादक ( language translator ) को ब्यवस्था मिलाइदिन समेत अनुरोध गरे ।
छलफलमा भाग लिदै गभर्नर मुराईले यो छलफलबाट अहिलेसम्मका समस्याहरूमा के थिए र कसरी सुधार गर्न सकिन्छ भन्ने सुझाव प्राप्त भएकोले भविष्यमा थप सहयोगको लागि आह्वान गर्दै भने”म नियमित गोलमेज छलफल जारी राख्न चाहन्छु र प्रिफेक्चरले के गर्न सक्छ भन्ने बारे सोच्न चाहन्छु।
डिसेम्बर २०२० को अन्त्यसम्ममा मियागी प्रान्तमा विदेशी बासिन्दाहरूको संख्या २२,८९० पुगेको छ जुन यस प्रान्तको जनसंख्याको करिब १ प्रतिशत हो।
नयाँ कोरोनाभाइरसको संक्रमण स्थिति कम भएपछि विद्यार्थी र प्राविधिक इन्टर्न प्रशिक्षार्थीहरूको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ, र प्रिफेक्चरले विदेशीहरूको लागि परामर्श केन्द्र स्थापना गरेको छ र दैनिक जीवनमा धेरै भाषाहरूमा जानकारी प्रसारित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?