
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। रौनियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।
उनी विरुद्ध बाँकेमा ठगी मुद्दा दर्ता भएको थियो। सोही मुद्दाको आधारमा रौनियार काठमाडौंबाट पक्राउ गरिएको हो।
उनलाई नयाँ बानेश्वर वृत्तले काठमाडौंबाट पक्राउ गरेको एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए । बाँके प्रहरीसँगको समन्वयमा उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको उनको भनाइ छ । उनलाई थप अनुसन्धानका लागि बाँके पठाउने तयारी छ।
रौनियारविरुद्ध बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा ०७५ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।
उनी पर्सा क्षेत्र नम्बर ३ का पूर्वसांसद् हुन्। उनी तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए।



