भरतपुरमा रेनु दाहालको २२६७ मतका साथ अग्रता

-


     जनहित न्युज    
     जेठ ४ गते २०७९


चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले २२६७ मतको अग्रता लिएकी छन्।

हालसम्म ३२ हजार २ सय ९३  मत गणना गर्दा रेनुले ११ हजार ९ सय ६६ मत पाएकी छन् भने राप्रपासँग तालमेल गरेको नेकपा एमालेका विजय सुवेदीले ९६९९ मत पाएका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५२३५ मत पाएका छन्।

उपमेयरतर्फ पनि सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ। गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चित्रशेन अधिकारीले १४ हजार १ सय ६६ मत पाउँदा राप्रपाका हिमला गुरूङले ७ हजार ८७० मत पाएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?