जैमिनी नगरपालिका वडा नं ९ मा एमालेका थापा विजयी

-


     जैमिनी    
     जेठ १ गते २०७९


जैमिनी नगरपालिका वडा नं ९ पैयुँथन्थापको वडा अध्यक्षमा नेकपा एमालेका सन्दिप (ईन्द्र) बहादुर थापा विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका भगिन्द्र थापालाई पाँच मतान्तरले हराउँदै वडा अध्यक्षमा विजयी भएका हुन् ।

नेकपा एमालेका ईन्द्र थापाले ६ सय ३ मत प्राप्त गरेका थिए भने राष्ट्रिय जनमोर्चाका भगिन्द्र थापाले ५ सय ९८ मत प्राप्त गरेका थिए । महिला सदस्य, दलित सदस्य र खुल्ला सदस्यमा भने गठबन्धनका उमेदवारले जित हाँसिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?