
बागलुङका तमानखोला गाउँपालिकामा स्थानीय तह निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । जस अनुसार तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष पदमा उमेदवार बनेका जोकलाल बुढा र उपाध्यक्ष पदमा उमेदवार बनेकी हिरा कुमारी छन्त्याल निर्वाचित भएका छन् ।
जिल्लाभरी पाँच दलीय गठबन्धन गरिएपनि तमानखोलामा सबै राजनैतिक दलहरु आ आफ्नै तरिकाले सिंगल सिंगल निर्वाचनमा लडेका थिए ।
पछिल्लो मत परिणाम अनुसार तमानखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट वडा नं. १ मा थमबहादुर रोका, वडा नं. २ मा नारायण सुनार र वडा नं. ४ मा छवि श्रीपाली वडामा नेतृत्व लिएका छन् । नेपाली काँग्रेसबाट वडा नं. ३ मा झकबहादुर बुढा, वडा नं. ५ मा हिरा बहादुर श्रीपाली र वडा नं. ६ मा चित्र छन्त्यालको प्यानल विजयी भएका छन् ।
मत विवरण आउन केही समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ ।



