भरतपुर महानगरमा रेणुको अग्रता कायमै, ११० मतले पछि परे विजय 

-


     जनहित न्युज    
     जेठ १ गते २०७९


चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायमै राखेकी छिन् ।

रेणुले एमालेका विजयी सुवेदीलाई ११० मतले पछाडि पारेकी छिन् । ३१६८ मतगणना हुँदा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेणु दाहाले ११७८ मत पाएकी छिन् । रेणुलाई पछ्याइरहेका एमालेका सुवेदीले १०६८ मत पाएका छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४११ मत पाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?