
ढोरपाटन नगरपालिकाको हालसम्मको मतपरिणाम अनुसार एमालेको अग्रता देखिएको छ ।
गए रातिबाट सुरु भएको मतगणना अनुसार नेकपा एमालेले अग्रता कायम गरेको छ । नगरको वडा नं. ९ बाट सुरुभएको गणनामा अनुसार नगर प्रमुखमा नेकपा एमालेका देवकुमार नेपालीले ३७९ मत ल्याएका छन भने, पाँच दलीय गठबन्धनका चन्द्रलाल अर्यालले ३१३ मत प्राप्त गरेका छन ।
अहिलेसम्म कुल ९०० मत गणना भएको छ । यस वडामा १०६५ मत खसेको थियो ।
यस्तै उपप्रमुखमा भने गठबन्धनका उम्मेदवार धनबहादुर कायतले ३७१ मत ल्याएर अग्रता कायम गरेका छन् । राजमो विद्रोही समुहका उम्मेदवार ताराकुमारी पुनलाई ३०१ मत आएको छ ।