भरतपुर महानगरपालिका अपडेट: ८४ मतान्तरले रेनु दाहाल विजयी सुवेदी भन्दा अघि

-


     जनहित न्युज    
     वैशाख ३१ गते २०७९


भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन् । १२५० मत गन्दा रेनुले ४८३ मत ल्याएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीले ४ सय २ मत प्राप्त गरेका छन् ।नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ सय ५७ मत ल्याउँदै तेस्रो भएका छन् ।

त्यस्तै, उपमेयर पदमा पनि गठबन्धनले अग्रता कायम गरेको छ । नेपाली कांग्रेसका तर्फबाट उपमेयर पदका उम्मेदवार चित्रसेन अधिकारीले ५ सय ३६ मत ल्याएका छन् ।

त्यस्तै, राप्रपाका तर्फबाट उपमेयर पदकी उम्मेदवार हिमला गुरुङले ३ सय २० मत ल्याउँदै उनलाई पछ्याइरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?