
भरतपुर महनागरमा गठबन्धनका तर्फबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन्।
३५० मत गन्दा दाहालले १३३ मत पाएकी छन् भने यसअघि अग्रता लिइरहेका एमालेका विजय सुवेदी ६ मतले पछि परेर १२७ मत ल्याएका छन्।
बागी उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत पाएका छन्। जारी गणनामा अहिलेसम्म ८ प्रतिशत मत बदर भएको छ। भरतपुर महानगरको २९ वडा बाट १ लाख २७ हजार ५६५ मत खसेको छ। वडा न १ जम्मा मतदाता ५ हजार ७४ छ। जसमा ३२ सय ७६ मत खसेको छ।
गणना सुरु भएको पाँच घण्टामा केबल ३ सय मत मात्रै गन्न सम्भव भएको छ। मतगणना जारी छ।