
बागलुङ जिल्लाको गल्कोट नुवाकोट जन्मभूमि भइ बिभिन्न पेसा तथा रोजगारीको सिलसिलामा जापानलाई कर्म थलों बनाएका गल्कोट नुवाकोटबासीको साझा संस्था गल्कोट नुवाकोट समाज जापानको हालै सम्पन्न चौथो अधिवेशनले झंकबहादुर खड्काको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा छम बहादुर विश्वकर्मा, उपाध्यक्षमा प्रदिप गैरे, लिलामणि न्यौपाने र सञ्जय साहनी सचिबमा इश्वर गैरे, सह सचिवमा तुलबहादुर केसी, सुसान साहनी, कोषाध्यक्षमा प्रेम थापा र सह कोषाध्यक्षमा होमबहादुर खत्री चयन गरेको छ ।
समाजको लेखा समितिमा सयोजक सूर्य भण्डारी उपसयोजक कुलबहादुर खड्का, सास्कृतिक तथा खेलकूद सयोजक राजु बिक र उपसयोज मा तिल बहादुर खत्री युवा सयोजकमा अर्जुन खत्री, महिला सयोजकमा कमला न्यौपानेलाई चयन गरिएको जीवन गैरेले जानकारी दिए ।
समाजको सदस्यहरूमा कुल बहादुर खत्री, राजन खत्री, बिक्कल खत्री, केसर खत्री, बाबुराम शर्मा पौडेल, कृष्णा बहादुर खड़्का, बाबुराम सुनार, सुरज खत्री, गणेस भण्डारी भक्तबहादुर खड़का, कमल खड़का, पितम भण्डारी, बसाल खत्री, खिमराज परियार, खिम रतन परियार, सीता खत्री र मुना गैरे निर्बाचित भएका छन्।
अधिवेशनले सल्लाहकारहरुमा ढुण्डिराज न्यौपाने, टंक भण्डारी, गोर्खबहादुर खत्री, अनिल खत्री, जितेन्द्र भण्डारी खडक बहादुर खत्री (राजु), नर बहादुर न्यौपाने, गोर्ख बहादुर खत्री र हेम बहादुर भण्डारी छनोट गरेको छ।
कार्यक्रममा सचिब इश्वर गैरेको संचालन र प्रगति बिबरण साथै कोषाध्यक्ष प्रेम थापाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा छमबहादुर विश्वकर्मा र नबआगन्तुक सूर्य भण्डारीको मन्तब्यसहित उपाध्यक्ष पदम गैरेले स्वागत मन्तब्य व्यक्त गरेका थिए।